फोर्ड गाडीले ल्यायो यस्तो च्यालेन्ज

यसलाई साझेदारी गर्नुहोस्

काठमाडौं– जीओ अटोमोबाइल्स (जिओ फोर्ड) ले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याएको छ।  फोर्डले गाडीको इन्जिन शक्ति अनुभव गराउन यस्तो योजना ल्याएको बताएको छ।

यो योजनामा भाग लिन ग्राहकले न्यूनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नु पर्नेछ।  त्यसपछि यस सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीको लागि रोज्नुपर्छ।

फोर्ड इकोस्पोर्टसँग पावर  र पिकअपमा ठाडो उकालो सडकमा चुनौती दिनुपर्छ।

यदि इकोस्पोर्टले सेगमेन्टमा प्रतियोगीलाई हराएन भने ग्राहकले बुकिङ रकम भन्दा दोब्बर रकम फिर्ता पाउने कम्पनीको भनाइ छ।


यसलाई साझेदारी गर्नुहोस्