नेकपाका दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा पेश हुने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्षले पेश गरेका प्रतिवेदन स्थायी कमिटीमा जाने भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेस हुने निर्णय गरेको हो ।

त्यसका लागि सचिवालयको बसेको बैठकले पूर्व निर्धारित समयअनुसार भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

‘पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘दुवै अध्यक्षको प्रतिवेदन पनि स्थायी कमिटीमा प्रस्तुत हुन्छ ।’