सशस्त्र प्रहरीद्वारा १६ लाख रुपैयाँसहित एक जना पक्राउ

बारा – बारा जिल्लाको पचरौता नगरपालिका ७ बेनौली स्थित सीमा ईलाकाबाट मंसीर १९ गते एपीएफ टोलीले श्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको सिम्रौनगढ गनरपालिका ८ बस्ने २३ वर्षिय सैनुल्लाह अन्सारी छन् ।

बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय मोटरसाईकलमा सवार निज अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा निजले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला निजले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।