लुटेको रकमले युवतीसँग गेष्टहाउसमा मस्ती

काठमाडौं – टोखा नगरपालिका–९ कुलान्त मार्गस्थित सडकबाट सुनका गहना लुटपाट गरेको अभियोगमा झापा दमक घर भएका १९ बर्षीय तुलसी कटुवाल लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं नेपालटार बस्ने नुवाकोट किस्पाङ गाउँपालिका–३ घर भएकी २७ वर्षीया महिलाको एक तोलाको सुनको मंगलसुत्र र ५२ लालको सुनको झुम्का लुटपाट गरी लुटेरा फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले टोखा नगरपालिका–९ स्थित शिवानी गेष्ट हाउसबाट उनीहरुलाई उक्त गरगहना सहित फेला पारी पक्राउ गरेको हो ।