प्रचण्डले सहनुसम्म सहनुभयो, ओलीको बहिर्गमन नै समाधान

सचिन नेपाल

कम्युनिस्ट पार्टीभित्र राखिने सामान्य अन्तर विरोधले नै पार्टीलाई जीवन्त राख्ने गर्दछ, तर यसपाली देखिएको झगडा सामान्य अवस्था होईन।

अध्यक्षद्वय बीचको झगडा असामान्य बन्दै जानुमा आजको दिन किन आईपुग्यो त! त्यहाँबाट विश्लेषण हुनुपर्दछ जस्तो लाग्छ।

०१७, ०३६, ०४६ हुँदै लँडाई केवल संख्यात्मक परिवर्तनका निमित्त मात्र थिएनन् गुणात्मक परिवर्तनका निमित्त बाटो तय गर्नका लागि थिए। जहाँ ०५२ सालमा सुरु भएको जनयुद्धले हजारांैको बलिदानीमा गुणात्मक परिवर्तन गरि समाजमा विभिन्न जातीय क्षेत्रीयलगायतका विभेदको अन्त्य गर्यो।

हजारौंको बलिदानीबाट प्राप्त ऊपलब्धि जब हिजोका बिरोधीहरुबाटै गुम्न लाग्छ अनि हिजो दुख गर्नेहरु, रगतको समुद्र पार गर्नेहरु टुलुटुलु हेरेर बस्न सक्दैनन्।

आजको लँडाई हेर्दा सामान्य लागेता पनि यसको जड कुरा भयंकर रुपमा लुकेर बसेको छ। कुरा कहाँनेर हो भने, यहाँ लडाई ‘समाजवादलाई अघि लाने कि व्यक्तिवाद?  बामपन्थी विचारधारा स्थापित गर्ने कि दक्षिणपन्थी? प्रश्न यहाँनेर हो।

आज लडाई सच्चा कम्युनिस्टको खोजी को हो, विधि प्रक्रिया संस्कार र अनुशासनन को हो न कि पद र प्रतिष्ठा को। आजको अन्तर विरोध किन आयो त? यो प्रश्न सामाजिक संजाल र मिडियाका हेडलाईन पढेर मात्र पनि चुरो कुरो बुझ्न कठिन हुन्छ।

अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतापछि निरन्तर कमरेड प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्नुभएको दुनियाँ सामु जगजाहेर नै छ। सरकार बनेको झण्डै २ बर्षसम्म त देशका हरेक कुना कुनामा पुगेर चाहे त्यो चाडपर्वका चियापान हुन् चाहे पार्टी बैठक प्रशिक्षण हुन् वहाँले खुला रुपमा भन्दै हिड्नु भयो– केपी ओलीको नेतृत्वमा देशमा विकास र समृद्धि आउनेछ।

कोरोना महामारीका बेला लकडाऊनमा कमरेड प्रचण्ड चुप लागेर बस्नुभएको थियो। तर एकाएक सरकार नाङ्गो रुपमा यति ओम्नीका नाममा बदनाम हुन थाल्यो। गर्भवतीहरु हिँडेर राजधानीबाट बाहिर जाने अवस्था देखियो। जनता भोकै मर्न लागे र भन्न लागे प्रचण्ड पनि के हेरेर बसेको छ?

तर प्रचण्डले नै आज असहयोगको आरोप खेप्नुपरेको यो कस्तो दृष्टान्तमा आइपुग्यो, नेकपा।  ५ बर्ष नै चलाऊनुहोस् म पार्टी हेर्छु भन्नुभयो तर सहमतिको भोलिपल्टै मिडिया बोलाएर म नै हो नि सवै भन्न भ्याऊनुभयो, कमरेड ओलीले ।

त्यसपछिका कुनै पनि बैठक ठिकसँग हुन पाएनन्, आज आएर बहुमत सदस्यले कृपया बैठकमा बसिदिनुहोस् भन्नुपर्ने लज्जास्पद समय पनि कम्युनिस्ट नेता कार्यकर्ताले देख्नु परेको छ।

कोरोना महामारीका बेला लकडाऊनमा कमरेड प्रचण्ड चुप लागेर बस्नुभएको थियो। तर एकाएक सरकार नाङ्गो रुपमा यति ओम्नीका नाममा बदनाम हुन थाल्यो। गर्भवतीहरु हिँडेर राजधानीबाट बाहिर जाने अवस्था देखियो। जनता भोकै मर्न लागे र भन्न लागे प्रचण्ड पनि के हेरेर बसेको छ?

हो जनताको यहि प्रश्नको जवाफ दिन प्रचण्डले पहल लिन थाल्नुभयो। वैशाख १७ गते दुवै पदबाट हट्नुहोस् भन्नुभयो तर आत्मलोचना गरेपछि भैहाल्यो एक पटक हेरौ भनेर छोडिदिनुभएको दुनियाँलाई थाह नै छ।

त्यसयता कमरेड ओली झन बिग्रिन थाल्नुभयो। यो कुरा को प्रमाण वहाँले नियुक्ति गरेका व्यक्तिको अनुहार हेरे पुग्छ। ७० करोडमा मुच्छिएका गोकुल बास्कोटालाई घरमै राखेको हेरे पुग्छ, आचरण हेरे पुग्छ।

कुरा कामचलाऊको हैन जनताले दिएको दुई तिहाई बहुमतको हो। यहि तरीकाले गए कम्युनिस्टलाई बत्ति बालेर खोज्नुपर्ने अवस्था आऊन नदिनका लागि भएका प्रयत्नहरु आज अन्तर विरोधका रुपमा डकुमेन्टका रुपमा अगाडी आएको छ।

कमरेड ओलीले पटक पटक अवसर पाएर पनि सदुपयोग नगरेका कारण वहाँसँग सति नै जान सकिन्न। त्यसैले अबको निकाश कमरेड ओलीको त्याग र स–सम्मान वहिर्गमन नै हो, जसले समस्या को समाधान दिन्छ।