थप १४९० संक्रमित, १५६७ डिस्चार्ज

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १४९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेका छन् ।

यस्तै बितेको २४ घण्टामा १५६७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख १८ हजार १६१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप ९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ३८ पुगेको छ ।