विश्वभर एकैदिन ११ हजार बढीको मृत्यु, अमेरिकामा मात्र २६ सयको मृत्यु

काठमाडौं — विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ४१ लाख ७७ हजार ३१३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ११ हजार ८ सय ५२ को मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख ८५ हजार ७४३ पुगेको छ । अमेरिकामा मात्र पछिल्लो २४ घन्टामा २ हजार ६ सय ११ जनाको मृत्यु भएको छ ।

एकैदिन विश्वमा ५ लाख ७४ हजार ७५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टाको अविधमा ११ हजार ८५२ जनाको मृत्यु भएको छ।

अहिले १ करोड ८२ लाख ५६ हजार २०२ जनामा सक्रिय संक्रमण छ । संक्रमित १ लाख ५ हजार ६८७ जनाको अवस्था गम्भीर छ ।

संक्रमित ४ करोड ४४ लाख २८ हजार १२२ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रिमत संख्या १ करोड ४१ लाख ३ हजार ९६८ पुगेको छ । एकै दिन १ लाख ७७ हजार ६५० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म २ लाख ७६ हजार ९२६ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा संक्रमित संख्या ९४ लाख ९९ हजार ७१० पुगेको छ । भारतमा एकैदिन ३६ हजार ४५६ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३८ हजार १५९ पुगेको छ ।