२९ संक्रमितको मृत्यु, १४७४ थपिए

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १४७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेका छन् ।

यस्तै बितेको २४ घण्टामा १९३१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख १४ हजार ५२१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप २९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ८ पुगेको छ ।