युट्युबमा ज्योतिष हरिहरको शुभ लभ

काठमाडौ – २०७५ चैत १५ गते रिलिज फिल्म ‘शुभ लभ’ युट्युबमा सार्वजनिक भएको छ । ज्योतिषका रुपमा परिचित हरिहर अधिकारीको डेब्यू रहेको फिल्म ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीपकुमार उदय र निर्देशक सन्तोषबाबु लोहनी हुन् । धर्मराज शर्मा सुवेदीको लगानी रहेको फिल्ममा हरिहर अधिकारी, कृष्टिन पौडेल,सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।