स्टार क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना पुष्टी

काठमाडौं – नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टी भएको जनाएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि आफू सेल्फ आईसोलेनमा बसेको उनले बताएका छन् ।

बुधबारबाट कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको र आइसोलेसनमा रहेको बताएका छन् ।