इन द मर्निङमा नग्न जेनिफर

न्यूयोर्क(एजेन्सी)–हलिउड अभिनेत्री तथा गायिका जेनिफर लोपेजलाई स्टाइल ट्रेण्ड सेटर मानिन्छ । हाल उनी नयाँ सिंगल ट्रयाक ‘इन द मर्निङ’लाई रिलिज गर्ने विषयमा यिनकै व्यस्त र उत्साहित छिन् । हालैमात्र उनले यो गीतको पोस्टर सामाजिक सन्जाल इन्स्टाग्राममा शेयर गरेकी थिइन् ।

यो पोस्टरमा उनलाई निकै हट देखिएको छ । उनको यो लुक्सले इन्टरनेटको तापक्रम नै बढाइदिएको छ । तस्बिरमा उनी नग्न देखिएकी छन् । उनले इस्टाग्राममा एक भिडियो पोस्ट गर्दै न्यूड फोटोसुटको एक झलक पनि देखाएकी छन् । भिडियोको पृष्ठभूमिमा सिंगल इन द मर्निङ गीत सुन्न सकिन्छ । उनलाई फलोअर्सले ५१ ५१ वर्षकी देवी, रानी र लिजेन्ड भन्दै तारिफ गरिरहेका छन् । पोस्टरमा उनको हुनेवाला दुलाहा एलेक्सन रोड्रिगजले उपहार स्वरुप दिएको औठीलाई पनि देख्न सकिन्छ ।

यसै महिनाको शुरुवातमा जेनिफरलाई सन् २०२० को पिपल आइकन घोषणा गरिएको थियो । उनको गीत यसै शुक्रबार रिलिज हुँदैछ ।