प्रल्हादको सदाचार र नेपालका ‘क्रिप्टो–कम्युनिस्ट’

यसलाई साझेदारी गर्नुहोस्

-विनोद ढकाल

एक तहमा विश्व अहिले आक्रान्तको चपेटामा छ । विवादास्पद, विरोधाभाष र सत्यको पहिचान हुन नसक्ने प्रकारान्तरको बहसबीच कोरोना भाइरस (कोभिड–१९)को महामारीको बन्धक छन्, मानव जाती ।

जब पृथ्वीमा दुश्कर्म र दूषित प्रयोजनको सीमा नाघिसक्छ तब त्यसलाई सङ्गलो बनाउने प्रक्रिया पनि चलाउँछ, प्रकृतिले । यसको पौराणिक कथ्यचाहिँ महादेवले पृथ्वीलाई स्वच्छ बनाउनका निम्ति गरेको ठूलो र प्रलयकारी बितण्डा हो । आधुनिक समाजमा अनेक प्रकारका विषयबस्तुलाई तुलनात्मक रुपमा व्याख्या गर्न सकिएला । संश्लेषण पनि हुन सक्छ ।

प्रकृतिको चक्र बक्र छैन । यो निरन्तर आफ्नो लयमा हिँडेकैले होला हाम्रा खोजहरूले डाइनोसरहरूको अवशेष भेटेका थिए । हामी त्यहि पढेर हुर्कियौं । मानव जाती पनि यहि चक्रको समयकालमा भोलीको पृथ्वीका लागि आजको डाइनोसर हुन सक्दैनन् भन्ने प्रमाणित गर्न सकिन्न । मानव जातीले त प्रकृतिलाई अति चुनौति दिइसकेको छ । यसको परिणाम निश्चय हुन सक्छ, लक्षण र संकेत अनेक प्रकारका महामारी, विनाश र प्रलयले प्रष्ट बनाएकै छ ।

ग्रन्थले भनेको र विज्ञानले पुष्टि गरेको ब्रम्हाण्डको सानो इकाई हो, पृथ्वी । यसभित्र पनि पानीको भाग भन्दा भूभाग एक चोथाई हिस्सा मात्र हो । त्यो एक चौथाईभित्र विविध सभ्यतामा फरक–फरक पहिचानामा उभिएका छन्, सीमारेखा र देश । देशभित्र पनि विविध सभ्यताका अनेक मन्थन छन्, सबैतिर ।

हामी, नेपाली सभ्यता, राजनीतिक व्यवस्था र व्यवाहारको अनेक किसिमबारे मदानी घुमाइरहेका छौं, पुगेका कहिँ छैनौं । राजनीतिक विचारको विकासधाराका रुपमा अनेक बर्षहरूमा व्यवस्थाका नयाँ प्रारुप र अवस्थामा उभिएका छौं । हजुरबाले देखेको राणाकालिनदेखि पञ्चायतसम्मको व्यवस्था, बाबुले देखेको प्रजातन्त्रदेखि अहिलेसम्मको अवस्था र आफैंले भोगीरहेको गणतन्त्रबीचमा सत्ताको गजुर फेरियो, ‘हजुर’ प्रवित्ति फेरिएन । वास्तवमा हामीले फेर्न चाहेको हजुर प्रवित्ति नै थियो ।

जसले हिलोभित्र पनि कमल फुल्न सक्छ भन्ने आशाको दियो जगाएको थियो । जब प्रल्हाद राजा बन्छन् तब उसको राज्यले ठूलो सन्तुलित र व्यवस्थित दिन गुजार्न थाल्दछ । तर कतिपय प्रवित्तिगत हिसाबले प्रल्हादको सदाचारिताले लामो समयसम्मको राजकाज गर्न पाउँदैन

राजनीतिक विकृत र सदाचारशुन्य अवस्थामा छ । सत्ता सामान्य जनतासँग नजिक हुन सकेन । राजनीतिक दलका नेताको उत्थान गलत कोखको व्यवाहारधाराबाट भए पनि एउटा त सदाचारी बनिदिन्छ भन्ने ठूलो अपेक्षाले मात्र परिवर्तन सम्भव हुने थियो ।

ग्रन्थमा उल्लेख भएअनुसार विष्णुभक्त प्रल्हादको जन्म हिरण्यकश्यपु जस्तो राक्षस र मानव, भगवानजातीको विरोधीका घरमा भएको थियो । तर त्यो व्यवाहारबाट फरक, नितान्त सदाचारी मार्गमा प्रल्हादको कदम अघि बढ्यो । जसले हिलोभित्र पनि कमल फुल्न सक्छ भन्ने आशाको दियो जगाएको थियो । जब प्रल्हाद राजा बन्छन् तब उसको राज्यले ठूलो सन्तुलित र व्यवस्थित दिन गुजार्न थाल्दछ । तर कतिपय प्रवित्तिगत हिसाबले प्रल्हादको सदाचारिताले लामो समयसम्मको राजकाज गर्न पाउँदैन ।

हिरण्यक्षको सन्तानका रुपमा महादेवको बरदानका कारण श्वेतजटाबाट जन्म लिएको अन्धकले ब्रम्हाको तपश्या गरी दिव्यज्योती र अथक शक्ति हात पार्छ । उसले प्रल्हादको राज्य मात्र खोस्दैन, त्यहि राक्षसी प्रवित्तिलाई स्थापित गर्दछ । जब उसले देख्न थाल्छ ब्रम्हाण्डका सबै सुन्दर नारीमाथि उसको कामबासनाको लोभ जाग्दछ । हुँदै जाँदा शिवपत्नी पार्वतीलाई जित्ने उसको अहंकारले कैलाशमा आक्रमण गर्दा, त्यसको परिणाम स्वरुप मृत्युको मुखमा पुग्छ ।

नेपालको अहिलेको राजनीति सदाचारीको मार्गमा विल्कुल छैन । अन्धकको अपराधको शैलीमा हिँडिरहेको छ, जसलाई बिडम्बनाको अर्को कथा भन्नुपर्छ । मानिसहरू खान नपाएर सडकमा भौतारिएका छन् सत्ता सुतेको छ । जब उठेको भान हुन्छ भ्रष्टाचारका गन्ध एकातिर हुन्छ भने अर्कातिर सत्ताका प्रमुख पात्र उपदेशमात्र छाँट्छन् ।

जब आम चुनावबाट वर्गीय हितका निम्ति लडिरहेको भनिएको नेकपालाई जनताले जिताए, त्यसको प्रतिफल खासै गतिलो अनुभूति गर्ने अवसर प्राप्त भएको छैन ।

नामको लोकतन्त्र र प्रजातन्त्रलाई मुखमा झुन्डाएर जनजीविकाको सवाललाई खोलामा बगाएको छ । कृषक मल नपाएर चित्कारमा छ, ओखति नपाएर पीडाका गीतमा छ । यहाँसम्मकी दुई छाक खान नपाएर जीन्दगीको कठोरतामा उभिएको छ तर केपी शर्मा ओली नेतृत्वको सरकार बालुवाटारमा आँखा, कान र मुख थुनेर बसेको छ

नेपालको बहुमत जनता ‘क्रिप्टो–कम्युनिस्ट’ देखिए मतदानको हिसाबमा, बहुमत ल्याउने कम्युनिस्ट पार्टी र नेताचाहिँ ‘क्रिप्टो– ब्रोकर’ । यसैले दलाल पूँजीपति, करछलीका महानाइके, नियुक्तिका लागि मोलमोलाई गर्ने सल्लाहकार, सहयोगीबिना हाम्रा महान सत्ताधारीलाई निद्रा लाग्दैन । अनि, कार्यकर्ता पनि त्यहि लयमा लागेका छन् । क्रान्तिका नाममा हिँडेका विप्लवको लयचाहिँ ‘क्रिप्टो–एक्स्टर्सन’ जस्तो छ । अहिले देखिएको स्पष्ट चित्र यहि हो । कांग्रेसको त सबालै नगरौं देश बर्बाद बनाउने जिम्मेवारीको मियोँ हो, राजाले कुटनीतिक समिकरण मिलाउन नसक्नु र प्रशासनमा भ्रष्टहरूलाई विश्वास गर्नु घात भयो, नयाँ र विकल्पको नाममा खुलेका पार्टीहरू ‘डलर परिचालित’ हुन् भन्ने आशंकाको घेराबन्दीमा छन् ।

व्यवस्था परिवर्तनपछि आर्थिक समृद्धिको मात्र हैन, जनताको जनजीविकाको विषयमा गहन र गम्भिर सत्ता आउने विश्वास गरिएको थियो । निर्वाचन घोषणा पत्रका अनेक बुँदालाई केलाएर हेर्ने हो भने नराम्रो केही छैन ।

स्थिर सरकार नहुँदा जनताले दुख पाएको भन्ने रटान र घोकानको प्रत्युत्तरमा आम मानिसले दुई तिहाई नजिकको मत दिएर सरकार बनाउने अवसर नेकपालाई दियो । तर, कुर्सीको चाप निक्कै खल्लो हुन्छ भन्ने अहिले देखिन थालिएको छ । जनताका आवश्यकताको पदचापलाई नबुझेको हैन, बुझेर पनि नगरेको सत्ता स्वार्थ, पाखण्ड र घमण्डको पर्वतमा उभिएको छ ।

पूर्वतयारी र योजनाको खाका नबनाउने तर आफ्ना र नजिककालाई महामारीमा पनि कमाउने अवसर दिने यो सरकार कुत्सित मनसायका  साथ अघि बढ्यो । नामको लोकतन्त्र र प्रजातन्त्रलाई मुखमा झुन्डाएर जनजीविकाको सवाललाई खोलामा बगाएको छ । कृषक मल नपाएर चित्कारमा छ, ओखति नपाएर पीडाका गीतमा छ । यहाँसम्मकी दुई छाक खान नपाएर जीन्दगीको कठोरतामा उभिएको छ तर केपी शर्मा ओली नेतृत्वको सरकार बालुवाटारमा आँखा, कान र मुख थुनेर बसेको छ । यसैले लाग्छ– कम्युनिस्ट हैन यी त क्रिप्टो कम्युनिस्ट हुन् । कम्युनिस्टको खास अर्थ वर्गीय समानताका लागि काम गर्नु हुन्छ । तर देशलाई धोकाधडी गर्नेले खरिद गरेको गद्दामा मजा लिएर बसेको छ, गरिबको भोटको खिल्लि उडाइरहेको छ ।


यसलाई साझेदारी गर्नुहोस्