कोरोना मृत्युः एकैदिन १२ हजार संक्रमितको मृत्यु, हालसम्म मृत्यु हुने १४ लाख २५ हजार नाघे

काठमाडौं – विश्वभर पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार गत २४ घन्टामा १२ हजार संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख २५ हजार ८ सय ६२ पुगेको छ ।

हालसम्म विश्वमै सबैभन्दा धेरै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या अमेरिकामा रहेको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा २ हजार २ सय ९९ जनाको मृत्यु भएसँगै हालसम्म २ लाख ६८ हजार २ सय १६ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म १ लाख ७० हजार ७ सय ९९ जनाको मृत्यु भएको छ भने नेपालको छिमेकी मुलुक भारतमा हालसम्म १ लाख ३५ हजार २ सय ६१ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै १० लाख संक्रमित भएको मेक्सिकोमा १ लाख २ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ । तुलनात्मक रुपमा मेक्सिकोमा धेरै मानिसहरुको मृत्यु भइरहेको तथ्यांक देखिएको छ ।