१६ संक्रमितको मृत्यु, १६६९ थपिए

  • 3
    Shares

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १६६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेका छन् ।

यस्तै बितेको २४ घण्टामा ५६९९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप १६ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय २१ पुगेको छ ।


  • 3
    Shares