भक्तपुरका युवा उद्यमी गौतमलाई यसकारण सम्मान गरियो

  • 1.5K
    Shares

काठमाडौं– होमप्रसाद गौतम (मुकुन्द) औषधी व्यावसायी हुन्। युवा उद्यमी गौतम राज्यप्रति अधिक उत्तरदायी भएको प्रष्ट उदाहरण हो– आन्तरिक राज्वस्व कार्यलय भक्तपुरले बढी कर तिरेवापत सम्मान गर्नु। 

मिहेनती, सरल तथा लगनशील स्वभावका गौतम मेडिकलसम्बन्धी सामान पनि सप्लाई गर्छन्। काभ्रे चौंरी, देउरालीमा जन्मिएका गौतम समाजमा सरल स्वभावका मानिन्छन्।

आफ्नो कर्ममा सन्देहहिन भई लगनशील उनी समाजसेवी पनि हुन्। मिहेनतले नै सफलताको यात्रा तय हुन्छ भन्ने उनलाई जानकारी थियो, त्यसैले काममा लगनशील भएर अघि बढे। गौतमलाई स्वच्छ पारदर्शी कर प्रणालीमा राज्यलाई गरेको सहयोग र योगदानको कदरसहित सम्मान गरिएको कर कार्यालयले जनाएको छ।

उनलाई आइतबार जन्मदिनकै दिन सम्मान गरिएको थियो। उनलाई गत बर्ष सबैभन्दा बढी कर तिरेवापत सम्मान गरिएको हो।


  • 1.5K
    Shares