काठमाडौंमा प्रतिबन्ध गरिएकी विवादीत मोडलले नग्न हुँदै सोधिन्– मेरो कुन स्तन ठूलो छ?

  •  
  •  
  •  
  •  
  • 28
  •  
    28
    Shares

काठमाडौं– मनोरञ्जनको दुनियाँमा विवाद र गसिप साधारण चिज हुन्छन्। नेपालमा पनि कतिपयले मोडलिङलाई छाडापनको बाटोबाट अगाडि बढाउने काम गरे भने कतिपय अभिनेत्रीका त ‘ब्लु भिडिओ’ नै सार्वजनिक भएका थिए।

बलिउडमा विभिन्न प्रकरणमा विवादीत बन्ने गरेकी मोडल पूनम पाण्डेलाई ल्याएर सन् २०१८ को विश्वकफको फाइनलका दिन काठमाडौंमा कार्यक्रम गरिएको थियो। जहाँ नेपाल प्रहरीले पाण्डेको उपस्थितिलाई भल्गर हुनबाट प्रतिबन्ध गरेको थियो।

उनै पाण्डेका कतिपय विवादीत भनाईकाबीच नयाँ विषय चर्चामा छन्। नग्न भएर आफ्ना दुई स्तन छाम्दै उनले ट्वीटरमा सोधेकी छन्– मेरो कुन स्तन ठूलो छ?

पाण्डेका यी बाहेक अनेक विवादीत प्रकरण छन्। हेर्नुहोस् ७ विवाद।

१. सन् २०११ मा पुनम पाण्डे विवादमा परिन् जब उनले क्रिकेटमा भारतले जिते नाङ्गै भएर दौडन्छु भनिन्। तर त्यो भएन। भारतले जित्यो तर पाण्डेको उक्त घोषणा भारतीय क्रिकेट काउन्सिलले हुन दिएन।

२. सन् २०११ मै पाण्डेले भगवान विष्णुको टाउकोमा क्रिकेटर सचिन तेन्दुलकरको टाउको राखी शरिरमा खोपिन् र नग्न भएको तस्बिर इन्टरनेटमा भाइरल भयो। जसमा उनीविरुद्ध मुद्दा परेको थियो।

३. पुनम पाण्डेको ‘माई बाथरुम सेक्रेट’ नामको भिडिओ सेरिज आयो। जसमा नग्नता अधिक भएपछि केहीलाई युट्युवले ब्यान्ड समेत गरेको थियो।

४. सन् २०१२ मा पुनम पाण्डेले शाहरुख खानको कोलकत्ता नाइट राइडरले इन्डियन प्रिमियर लिग जितेको खण्डमा नाङ्गो तस्बिर इन्टरनेटमा राख्ने भनी घोषणा गरिन्। कोलकत्ताले जित्यो र पाण्डेले पनि नाङ्गो तस्बिर राखिन्। यो पोष्टपछि उनी विश्वव्यापी रुपमा ट्वीटरको ट्रेन्डिङमा परेकी थिइन्। जुन विवादीत पनि बन्यो।

५. सन् २०१३ मा केही राजनीतिज्ञसँग जोडेर पुनम पाण्डेको पहिलो फिल्म नशाको नग्नता भरिएको तस्बिर सार्वजनिक भयो। जसलाई दर्शक र समिक्षकले विवादीत भएको प्रष्ट पारे।

६. सन् २०१७ मा पुनम पाण्डेको गुगल एप आयो। जहाँ नग्नता भरिपूर्ण भएका तस्बिर र भिडिओ हुन्थे। गुगल प्ले स्टोरको नीतिविपतिर भएको भन्दै ब्यान्ड गरियो। तर उनले आफ्नो वेभसाइटमार्फत उक्त एपलाई डाउनलोडका लागि खुला गरिन्।

७. सन् २०२० मा पुनम पाण्डेले व्यापारी तथा अभिनेत्री शिल्पा सेट्ठीका पति राज कुन्द्राविरुद्ध मुद्दा हालिन्। सम्झौता सकिए पनि कुन्द्राको कम्पनी आर्मसप्राइम मेडियाले पुनम पाण्डे एपको प्रयोग गरेको भनिएको थियो।


  •  
  •  
  •  
  •  
  • 28
  •  
    28
    Shares