एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरण

  •  
  •  
  •  
  •  
  •  
  • 3
  •  
    3
    Shares

काठमाडौँकोभिड१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक कर्मचारीको दैनिक तापक्रम नाप्नका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रतिविद्यालय एउटा थर्मोगन वितरण गरिएको हो ।

सो अवसरमा रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर राजीव पोखरेलले विद्यालय खोल्ने तयारी गर्न लागेको बेला उक्त मेसिन उपयोगी हुने बताए । सबैले मास्क लगाई सामाजिक दूरी कायम गर्दै आयोजित सो कार्यक्रममा काठमाडौँ महानगरपालिका२९ का वडाध्यक्ष कुश ढकाल, रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष सञ्जय चौधरीलगायत सहभागी थिए । (रासस)


  •  
  •  
  •  
  •  
  •  
  • 3
  •  
    3
    Shares