क्रिसमसमा आउदै वण्डर वुमन १९८४

  • 3
    Shares

लसएन्जल्स(एजेन्सी)–हलिउड अभिनेत्री गेल गडोटको सुपरहिरो फिल्म ‘वण्डर वुमन १९८४’को रिलिज मिति घोषणा भएको छ । यो फिल्म अमेरिकाको थिएटर र एचबीओ मेक्समा २५ डिसेम्बर २०२० मा रिलिज हुनेछ । हलिउड र बलिउडका लागि ठूलो साबित हुने आशा गरिएको यो फिलम कोरोना भाइरसको महामारीका कारण सारिएको थियो ।

फिल्म अमेरिकामा क्रिसमसको दिन रिलिज हुनेछ । तर अन्तर्राष्ट्रिय स्टरमा भने यो फिल्म १६ डिसेम्बरमा रिलिज हुनेछ । यो रिलिज रिलिजको एक महिनासम्म निःशुल्क हेर्न पाइनेछ । त्यसपछि यो रेन्टल प्राइसमा हेर्न सकिनेछ ।

अभिनेत्री गेलले नै यो कुराको जानकारी दिएकी हुन् । उनले फिल्मसँग जोडिएको एक फोटो ट्वीटरमा शेयर गरेकी छन् । ‘समय आएको छ । हामी सबैले यो दिनको व्यग्र प्रतिक्षा गरेका छौं । म तपाईंलाई भन्न सक्दिनँ कि यो फिल्मको लागि म कति उत्साहित छु । मैले कहिल्यै पनि सोचिनँ कि यो फिल्म रिलिज गर्नका लागि हामीले यति लामो प्रतिक्षा गर्नुपर्छ भनेर । तर कोभिड १९ ले हामी सबैको विश्व हल्लाएर राखिदिएको छ’, उनले लेखेकी छन्, ‘तपाईं यो फिल्मलाई थिएटरमा हेर्न सक्नुहुन्छ र एचबीओ मेक्समा पनि तपाईं आफ्नो घरमै बसेर हेर्न सक्नुहुनेछ । मेरो तर्फबाट तपाईंहरु सबैलाई माया । आफ्नो ख्याल राख्नुहोस् । र मास्क लगाउन नभुल्नुहोला । हाम्रो तर्फबाट सबैलाई ह्याप्पी होलिडेज’।

यो फिल्म ‘वन्डर वुमन’को सिक्वेल हो । यो फिल्मका निर्देशक पेटी जेन्किन्स हुन् । सन् २०१७ मा फिल्म ‘वन्डर वुमन’ ८ सय २१ मिलियन डलरको लागतमा निर्माण भएको थियो । फिल्म विश्वव्यापी रुपमै ब्लकब्लष्टर भएको थियो ।


  • 3
    Shares