आइसोलेसनमा सलमान खान

  • 9
    Shares

मुम्बई(एजेन्सी)–बलिउडमा कोरोना भाइरस महामारीको असर कम हुँदै गएको अझसम्म देखिएको छैन । तमाम स्वास्थ्य सुरक्षा तथा सतर्कताका बाबजुद कोभिड १९ भाइरस सेलिब्रेटीको घरको ढोकासम्मै पुगिसकेको छ । अहिले यो मामला बलिउड अभिनेता सलमान खानको घरसम्म पुगेको छ । सलमानका ड्राइभर तथा दुई स्टाफ सदस्यलाई कोभिड १९ को संक्रमण पुष्टि भएपछि सलमानले आफू र परिवारलाई आइसोलेट गरेका छन् । संक्रमित स्टाफ सदस्यलाई अस्पताल भर्ना गरिएको छ ।

समाचार अनुसार आफ्नो स्टाफलाई कोरोना संक्रमण भएको थाहा पाउनासाथ सलमानले ती स्टाफको उपचारको व्यवस्था गरेका थिए । गत मार्चमा कोरोना भाइरसको महामारी शूरु हुनासाथ सलमान आफ्नो पनवेलस्थित फार्म हाउसमा क्वारेन्टाइनमा गएका थिए । महाराष्ट्र सरकारले सुटिङको अनुमति दिनासाथ उनले फिल्म ‘राधेः योर मस्ट वान्टेड भाई’को सुटिङ शुरु गरेका थिए ।

बलिउडमा अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, आराध्या बच्चन कोभिड १९ को संक्रमण परिसकेका छन् । त्यस्तै अर्जुन कपूर, मलाइका अरोडा, मानव कोल, आनन्द तिवारी, कनिका कपुर पनि कोरोना संक्रमण भई स्वास्थ्य लाभ गरिसकेका छन् ।


  • 9
    Shares