फिल्मी पर्दामा टम एण्ड जेरी

  • 4
    Shares

लण्डन(एजेन्सी)– जब बालबालिकालाई मनपर्ने कार्टुनको कुरा आउँछ, त्यसमा ‘टम एण्ड जेरी’को नाम अग्रस्थानमा आउँछ । बिरालो र मुसाको लडाईंको यो सिरिज नहेर्ने सायदै कोही नहोलान् । अब यो मजेदार लडाईंलाई दर्शकले ठुलो पर्दामा हेर्न पाउने भएका छन् । यो फिल्मको कथा एक ठूलो होटलको छ । जसमा टम र जोरी एकापसमा लडाई गर्नेछन् ।

फिल्म पूर्ण रुपमा एनिमेटेड छैन । यहाँ केवल टम, जेरी र केही जनावरलाई एनिमेसन लुक्समा देखाइएको छ । फिल्मको निर्माण वार्नर ब्रोजले गरिरहेको छ । फिल्म आगामी वर्ष रिलिज हुनेछ ।

फिल्ममा टम र जेरीका अलावा माइकल पेना, रोब डिलेनी, कोलिन जोस्ट, केन जिआन्ग र क्लोई ग्रेसको पनि अभिनय छ । फिल्मका निर्देशक टिम स्टोरी हुन् ।


  • 4
    Shares