बाँसको सामग्री बनाउन मरिक समुदाय व्यस्त

  •  
  •  
  •  
  •  
  •  
  • 3
  •  
    3
    Shares

इनरुवा– सुनसरीमा छठलक्षित बाँसका सामग्री बनाउन मरिक समुदायका मानिस व्यस्त भएका छन् । यही मङ्सिर ५ गते हुने आस्था र निष्ठाको पर्व छठ आउन दुई दिन मात्र बाँकी रहेका बेला मरिक समुदाय छठमा प्रयोग हुने बाँसका विभिन्न सामग्री बनाउन व्यस्त बनेका हुन् ।

सुनसरी सदरमुकाम इनरुवा–१ का मरिक बस्तीदेखि जिल्लाको विभिन्न स्थानीय तहमा रहेका मरिक समुदायले दिनरात एक गरेर छठलक्षित बाँसका साग्रमी बनाउन व्यस्त बनेका छन् । जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा रहेका मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त बनेका हुन् । मरिक समुदायले छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन व्यस्त बनेको वीरेन्द्र मरिकले बताए । छठ नजिएको बेला बाँसका सामग्रीको माग अत्यधिक हुने गरेको र त्यो बेला बनाउनका लागि भ्याइनभ्याई हुने भएकाले एक महिनाअघिदेखि नै बाँसका सामग्री बनाउन लागेको मरिक समुदायले बताएका छन् ।

अहिले गाउँगाउँबाट रु १५० देखि २५० सम्म बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको गीता मरिकले बताए । छठपर्वमा बाँसकै सामग्री बढी मात्रामा आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिकलाई यस पर्वको बेला राम्रो आम्दानी अवसरसमेत भएकाले व्यस्त हुने गरेका छन् । राम्रो आम्दानी गर्ने उद्देश्यका साथ एक महिना अगाडिदेखि नै बाँसका सामग्री बनाउन उनीहरु व्यस्त भएका छन् । बाँसको साम्रगी अरु बेला कमै मात्र बिक्री हुने गरेको भए पनि पर्वमा अत्यधिक मात्रामा बिक्री हुने गरेको मरिक समुदायका स्थानीयवासीको भनाइ छ । छठपर्व गर्नेहरु प्रत्येक वर्ष बढेकाले आफूहरुलाई बाँसका सामग्री सबैलाई पुर्याउन नै गाह्रो हुने भएकाले यतिबेलादेखि नै सामग्री बनाउन मरिकहरु व्यस्त बनेका हुन् । छठमा बाँसको सामग्री पुर्याउन आफूहरु महिना दिनअघिबाट नै काममा व्यस्त हुने गरेको भटाइ मरिकको भनाइ छ ।

हरिनगरा र भुटहाबाट रु १५० देखि २५० सम्ममा बाँस खरिद गरी सामग्री बनाई स्थानीयवासीको छठलाई सहज पार्ने प्रयासमा आफूहरु रहेको राधे मरिकले बताए । यता भुटाहाका मरिकहरुजस्तै लौकही, श्रीपुर, मध्यहर्षाही भोक्राहा, इनरुवा, डुम्राहा र झुम्काका मरिकहरुसमेत छठलक्षित बाँसका सामग्री बनाउन व्यस्त रहेको पाइएको छ । यसरी मरिक समुदाय आधुनिकतासँगै बाँसको सामग्रीको माग घटेको बेला चाडपर्वमा बाँसको सामग्री बिक्री हुने भएकाले त्यसैमा चित्त बुझाउन बाध्य छन् ।

(रासस)


  •  
  •  
  •  
  •  
  •  
  • 3
  •  
    3
    Shares