चित्रबहादुर केसी कोरोनामुक्त

काठमाडौं — पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका केसी कोरोनामुक्त भएपछि मंगलबार साँझ डिस्चार्ज भएका हुन् ।

कोरोना संक्रमणसँगै निमोनियासमेत देखिएको केसी राजधानीको मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो ।

विभिन्न रोगबाट ग्रसित केसी कोरोनामुक्त भए पनि पूर्ण रुपमा निको हुनका लागि केही समय लाग्ने अस्पतालले जनाएको छ ।

पूर्वप्रधानमन्त्री केसीलाइ कोरोना मुक्त भएपछि डिस्चार गरिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै रितु केसीले लेखेकी छिन्, ‘कठिन घडि काटेर,खुशी को किरण झुल्किएको यो पल।बुवा हस्पिटल बाट आज डिस्चार्ज हुनूभयो तर रिकभर हुन धेरै समय लाग्नेछ।’