स्नुकर हाउसमा जुवा खेलाइरहेका सञ्चालकसहित १० पक्राउ

भक्तपुर – महानगरिय प्रहरी वृत्त ठिमीले १६ थान कौडासहित १० जनालाई पक्राउ गरेको छ ।

सोमबार राती मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ बोडेस्थित अमरकृष्ण अवालेले सञ्चालन गरेको स्नुकर हाउटमा कौडा खेलिरहेका १० जनालाई प्रहरीले २ लाख ६४ हजार १ सय ३५ रूपैयाँ नगद र १६ थान कौडासहित पक्राउ गरेको महानगरीय वृत्त ठिमीका ऋषिराम कँडेलले बताए ।

कँडेलका अनुसार पक्राउ पर्नेमा नगदेश स्नुकर हाउसका सञ्चालक ३६ वर्षीय अम्मर कृष्ण अवाल, ४५ वर्षीय राज कुमार चित्रकार, ४३ वर्षीय रविन्द्र नापित, ४१ वर्षीय टीका ज्यापू, २४ वर्षीय कर्ण लामा, ३८ वर्षीय राजेन्द्र साहुखल, ३९ वर्षीय श्यामकृष्ण घजु, ४२ वर्षीय हिराकाजी प्रजापति, ४३ वर्षीय पञ्चकुमार घजु र ५४ वर्षीय तुईलाल प्रजापति पक्राउ परेका छन् ।

उनीहरुलाई आवश्यक अनुसन्धानका साथ म्याद थप गरी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।