११९७ थपिए, २९३४ डिस्चार्ज

  • 10
    Shares

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संख्यासँगै देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ रहेको छ भने कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २९३४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ७६ हजार ३ सय ६४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । यो संख्यासँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२३० पुगेको छ ।


  • 10
    Shares