मास्कमा हरिवंशको भाइटीका

काठमाडौं – सोमबार बिहान ११ बजेर ३७ मिनेटको साइत पार्दै कलाकारहरुले भाइटीका लगाएका छन् । पुरुष कलाकारहरुले आफ्ना दिदीबहिनीको हातबाट टीका लगाउदा उनीहरुले दिदी बहिनीलाई पनि टीका लगाइदिएका थिए । कोभिड –१९ को महामारीमा यसपटक दशैं र तिहार जस्ता महत्वपूर्ण चाड परेका कारण पनि धेरैले सुरक्षा मापदण्ड अपनाएर भाइटीका लगाएका थिए ।

कलाकार हरिवंश आचार्यले मास्कसहित आफ्ना दिदीहरुसँग भाइटीका लगाए । उनले फेसबुकमा मास्कसहित दुईदिदीसँगको तस्बिर राख्दै ‘कोरोना तैले दिदीहरुसँग फोटो खिच्दा पनि नाक मुख छोप्ने बनाइस्, तलाई भ्याक्सिन हान्ने दिन कहिले आउला ?’ भन्दै लेखेका छन् । हरिवंश र उनकी पत्नी रमिला पाठक आचार्य केही समय अघि मात्र कोरोना संक्रमणबाट मुक्त भएका थिए ।

त्यस्तै दीपकराज गिरी, अनमोल केसी, दीपाश्री निरौला, पल शाह, पुष्प खड्का, केदार घिमिरेलगायतले पनि भाइटीका पछिको तस्बिर सामाजिक सन्जालमा राखेका छन् ।