चार उद्योग खारेज

लमजुङ–घरेलु तथा साना उद्योग कार्यालयले चार उद्योग खारेज गरेको छ । लामो समयसम्म नविरकण नगर्ने, उद्योग सञ्चालन नगर्ने सो सङ्ख्याका उद्योगलाई यस चालू आर्थिक वर्ष २०७७÷२०७८ को साउनदेखि कात्तिक महिनाको अवधिमा खारेज गरेको कार्यालयले जनाएको छ ।

उद्योग दर्ता गरेको धेरै समय र उद्योग सञ्चालन नगरेका उद्योग खारेज गरिएकोे घरेलु कार्यालयका प्रमुख तोपलाल भुषालले बताए । उनका अनुसार चालू आवको चार महिनाको अवधिमा ३०५ नयाँ उद्योग दर्ता भएका छन् भने, १३० उद्योग नविकरण भएको छ । त्यस्तै यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६÷२०७७ मा ११ उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७५÷२०७६ मा छ उद्योग खारेज भएका उक्त कार्यालयले जनाएको छ । त्यस्तै, यस आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २७० उद्योगको नविकरण भएको थियो । सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷२०७५ मा १० वटा उद्योग खारेज गरिएको थियो । २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नविकरण भएको घरेलु कार्यालयको तथ्याङ्कमा छ । आर्थिक वर्ष २०७३÷२०७४ मा आठ उद्योग खारेज भएका थिए । उक्त आर्थिक वर्षमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नविकरण भएको थियो ।

त्यस्तै बाणिज्यतर्फ आर्थिक वर्ष २०७७÷२०७८ को चार महिनाको अवधिमा १२ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । कार्यालयका अनुसार २१२ नयाँ वाणिज्य दर्ता भएका र २१६ को नविकरण भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷२०७७ मा २५ को बाणिज्य दर्ता खारेज भयो भने ७६२ नयाँ दर्ता र ३२० को नविकरण भएको थियो । आर्थिक वर्ष २०७५÷२०७६ मा २३ वाणिज्य दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ ।

(रासस)