चीनमा ४५ वर्ष पछि पाकिस्तानी फिल्म

  •  
  •  
  •  
  •  
  •  
  • 8
  •  
    8
    Shares

बेइजिङ(एजेन्सी)–चीनमा करिब चार दशकपछि पाकिस्तानी फिल्म रिलिज हुँदैछ । सैन्य कारवाहीमा आधारित फिल्म ‘परवाज है जुनून’ झन्डै ४५ वर्षपछि चीनमा रिलिज हुन लागेको हो । फिल्ममा चौथो पिढीको लडाकू विमान जेएफ–१७को फ्रान्समा निर्मित मिराज २०००सँग तुलना गरिएको देखाइएको छ । यो फिल्म सन् २०१८ मा रिलिज भएको थियो । फिल्मका निर्देशक हसीब हसन हुन् ।

फिल्ममा मुख्य रुपले पाकिस्तान र चीन बीच सैन्य सहयोगलाई दर्शाइएको छ । फिल्ममा कैयौं चुनौती र बाधाहरु पन्छाउदै पाकिस्तानको सर्वश्रेष्ठ लडाकू विमान पाइलट बन्न दुई युवाले गरेको संघर्षलाई देखाइएको छ । फिल्ममा चीन र पाकिस्तानद्वारा संयुक्त रुपमा निर्माण गरिएको चौथो पिढीको लडाकू विमान जेएफ–१७ देखाइएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  • 8
  •  
    8
    Shares