सामाजिक अभियन्तासँगको प्रेममा बालिका बधुकी आनन्दी

  • 2
    Shares

मुम्बई(एजेन्सी)– कम उमेरमा टेलिभिजन सिरियल ‘बालिका वधु’मा आनन्दीको भूमिका निभाएर लोकप्रिय भएकी अविका गौरले हालै मात्र आफ्नो जबरदस्त ट्रान्सफर्मेसनका कारण चर्चा बटुलेकी थिइन् । उनले शरीरको तौल १३ किलो घटाएपछि उनी केही राम्री देखिएकी थिइन् ।

हालका दिनमा अविका आफ्नो प्रेम जीवनका कारण चर्चामा छिन् । अविकाले सामाजिक सन्जालमा रोडिजका पूर्व प्रतिष्पर्धी तथा सामाजिक अभियन्ता मिलिन्द चान्दवानीसँगको प्रेम सम्बन्धलाई सार्वजनिक गरेकी छन् । मिलिन्दसँगको प्रेममा अविका निकै खुशी छिन् ।

अविकाको उमेर अहिले २३ वर्ष पुगिसकेको छ । उनले सन् २००८ मा अभिनय करियरको शुरुवात टेलिभिजन सिरियल ‘बालिका बधु’बाटै गरेकी थिइन् । यसपछि उनी ‘ससुराल सिमर का’, ‘लाडोः वीरपुर की मर्दानी’ र नन फिक्शन शो ‘झलक दिखला जा(सीजन ५)’, ‘बक्स क्रिकेट लीग (सीजन २)’, ‘फियर फैक्टरः खतरों के खिलाडी ९’मा देखिएकी छन् । उलने तेलुगू र कन्नड फिल्ममा पनि अभिनय गरेकी छन् ।


  • 2
    Shares