दीपिकाको फिल्ममा रानुको गीत

  • 13
    Shares

मुम्बई(एजेन्सी)– भारतीय धार्मिक सिरियल ‘रामायण’मा सीताको भूमिकामा अभिनय गरेर लोकप्रिय बनेकी अभिनेत्री दीपिका चिखलिया यतिबेला फिल्म ‘सरोजिनी’लाई लिएर चर्चामा छिन् । यो एक बायोपिक फिल्म हो, जसमा उनी सरोजनी नायडूको भूमिकामा देखिनेछिन् । यो फिल्मको सबै गीतमा गायिका रानु मण्डलको स्वर हुनेछ ।

सामाजिक सन्जालमा दीपिकाले यो कुराको जानकारी दिएकी हुन् । ‘मेरो मुभी…सरोजिनी…धीरज मिश्राले लेखेको गीतमा रानू मण्डलले स्वर दिँदैछिन्’ एक भिडियो शेयर गर्दै दीपिकाले लेखेकी छन् । भिडियोमा रानूले आफू धीरज मिश्रासँग काम गरिरहेको बताएकी छन् । दीपिकाका अनुसार फिल्मका सबै गीतमा रानुकै स्वर हुनेछ । ‘मलाई आशा छ कि मलाई त्यही सम्मान र प्रेम मिल्नेछ, जुन आजसम्म तपाईंहरुले दिइरहनुभएको छ’, उनले भनेकी छन् ।

रानू मण्डलले रेल्वे स्टेसनमा गीत गाइरहेको भिडियो वर्षदिन अघि भाइरल भएको थियो । त्यसपछि उनलाई गायक तथा संगीतकार हिमेश रेशमियाले गीत गाउने अवसर दिए । उनी रातारात स्टार भइन् । उनले लता मंगेशकरको गीत ‘प्यारका नगमा’ खाएर ख्याती कमाएकी थिइन् ।

केही समयअघि मात्र रानुको आर्थिक अवस्था संकटग्रस्त भएको समाचार सार्वजनिक भएको थियो । उनले आफ्नो नयाँ घर छोडेर पुरानै घरमा फर्किएको समाचार आएको थियो । बलिउडमा कोरोना भाइरसका कारण सम्पूर्ण काम रोकिएपछि त्यसको असर रानुलाई पनि परेको छ । त्यहीकारण उनी आर्थिक समस्यामा जकडिएकी छन् ।


  • 13
    Shares