जीवन सुनमा सुगन्धमा सुरजको एक्सनकट

काठमाडौं–राहुल रक्स र मेलिना राईको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘जीवन सुनमा सुगन्ध’ बोलको गीतमा सुरज अधिकारी (सुर रक्स) को शब्द तथा संगीत रहेको छ । माया प्रेमको भाव बोकेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ ।

सञ्चारकर्मी तथा गायक सुरज पौडेलको निर्देशन रहेको भिडियोमा जुना गुरुङ र शान्तकराम थापा फिचर्ड छन् । भिडियोमा उत्सव दाहालको छायांकन र बिष्णु खड्काको सम्पादन छ ।

भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो । जगत रेग्मीले कोरियोग्राफी गरेको भिडियोलाई प्रिजम मुभिजले निर्माण गरेको हो ।