एक दृश्यको पारिश्रमिक १० मिलियन डलर !

  • 4
    Shares

लसएन्जल्स(एजेन्सी) – फिल्म ‘पाइरेट्स अफ क्यारेबियन’ स्टार जोनी डेप हालका दिनमा निकै चर्चामा छन् । हालैमात्र एक अखबारसँग मुद्दा हारेका उनलाई फिल्म निर्माण कम्पनी वार्नर ब्रोसले आफ्नो क्यापबाट निकाल्ने निर्णय गरिसकेको छ । अहिले यी दुवैको बाटो अलग्गिएको छ र आगामी फिल्म ‘फेन्टेस्टिक बिट्स’को तेस्रो भागमा जोनी देखिनेछैनन् ।

यो निर्णयले जोनीलाई ठूलो घाटा भएको छ । तर समाचार अनुसार उनले फिल्मबाट अलग्याउने निर्णय गर्दासम्म उनले केवल एक दृश्यमात्र  सुट गरेका थिए । फिल्मबाट अलग्गिए पनि वार्नर ब्रोसले उनलाई पुरै पारिश्रमिक दिनेछ । अर्थात् जोनीले एक दृश्यको सुटका लागि १० मिलियन अमेरिकी डलर पाउनेछन् ।

त्यसो त जोनीले पनि आफैं प्रेन्चाइजीबाट अलग भएको बताएका थिए । उनले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमा यो कुरा उल्लेख गरेका थिए ।


  • 4
    Shares