खेती किसानीमा रमाउने यी बलिउड स्टार

  • 3
    Shares

मुम्बई(एजेन्सी)– बलिउड स्टारहरु आफूलाई फिट राख्नका लागि योग, मेडिटेसन र शारीरिक व्यायामको सहारा लिन्छन् । तर कैयौं यस्ता स्टार पनि छन्, जो खाली समय खेती किसानीमा रमाउन चाहन्छन् ।

हालैमात्र अभिनेता सैफ अली खानका छोरा तैमूरको एक फोटो सामाजिक सन्जालमा भाइरल भएको थियो । जसमा उनी सैफका साथ खेतमा देखिएका थिए । उनको हातमा माटो पनि थियो । त्यसो त सैफ भन्दा अघि धेरै स्टारहरु खेतमा काम गरिरहेको तस्बिर सामाजिक सन्जालमामा भाइरल भएका छन् ।

भारतमा लकडाउनको घोषणा हुनासाथ अभिनेता सलमान खान आफ्ना पनवेल फार्म हाउसमा गए । यो फार्म हाउसको नाम उनकी प्रिय बहिनी अर्पिताको नाममा ‘अर्पिता फार्मस्’ राखिएको छ । लकडाउनका समयमा सलमानले खुशी भएर खेती किसानी गरेको तस्बिर अहिले पनि इन्टरनेटमा भेट्न सकिन्छ । एउटा यस्तै तस्बिरमा सलमान पूर्ण रुपमा माटोमा पोतिएका छन् । यो फोटोमार्फत सलमानले देशभरका किसानप्रति आफ्नो आभार व्यक्त गरेका थिए । यसबाहेक वर्षात्को समयमा ट्क्याटरमा चढेर खेत जोत्दै गरेको भिडियो पनि निकै भाइरल भएको थियो ।

अभिनेता नवाजुद्दीन सिद्दीकी सुटिङको फुसर्दिलो समय निकालेर जब आफ्नो घर पुग्छन्, उनी घर पुग्नासाथ खेतमा पुगेर काम शुरु गर्छन । उनको गाउँ उत्तरप्रदेशको बुढानामा रहेको छ । उनले खेतमा काम गर्दै गरेका फोटो तथा भिडियोहरु सामाजिक सन्जालमा भाइरल भएका थिए ।

बलिउडमा ‘जग्गू’ दादाको नामबाट परिचित अभिनेता ज्याकी श्राफ पनि समय मिल्नासाथ अग्र्यानिक फार्ममा पुग्छन् । ज्याकी विरुवा रोपण तथा मनसुन अघि आप्mनो फार्ममा पुग्छन् । उनको मुम्बई र पूणेको बीचमा फार्म हाउस छ, जुन ४४ हजार स्क्वायर फिटमा फैलिएको छ ।

पन्जाब दा पुत्तर भन्नासाथ दिमागमा पहिलो अनुहार धर्मेन्द्रकै आउँछ । ८४ वर्षका धर्मेन्द्र आफ्नो फार्म हाउसमा लगातार काम गरिरहेको भिडियो तथा तस्बिर सामाजिक सन्जालमा भाइरल भइरहन्छन् । उनको फार्महाउस मुम्बईमा रहेको लोनावलामा छ । जहाँ उनी कहिले ट्याक्टर चलाउदै त कहिले विभिन्न प्रकारका तरकारी रोपणमा व्यस्त देखिन्छन् ।


  • 3
    Shares