ओलीकृत ‘चक्रपात’मा प्रचण्ड!

–टिप्पणी

काठमाडौं– दुईलाइन संघर्षमा खेल्दै पार्टी कमान्ड आफूकेन्द्रित बनाउने पुष्पकमल दाहाल प्रचण्डको अभ्यास नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हकमा भने असफलसिद्ध हुन थालेको छ।

अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र बनाएको ‘चक्रपात’भित्र प्रचण्डको राजनीतिक चालचलन घेराबन्दीमा परेको छ।

प्रचण्डले पार्टी समिकरणमा जुन–जुन नेतालाई प्रधानमन्त्री वा अध्यक्षको प्रस्ताव गरेका छन्, ओलीले तिनैलाई छानेर प्रचण्डको नीति नै प्रयोग गरेका छन्। यति मात्र होइन, प्रचण्डको पार्टीगत हैसियतलाई नै व्यंग्य गर्दै आफू प्रथम अध्यक्ष भएको घोषणा त गरेकै छन्, पार्टीका काममा पनि सक्रियता देखाउन थालेका छन्।

उनले कतिपयका राजनीतिक अभिष्ट पूरा नहुने भन्दै ‘मिर्गौला फेरेपछि जुँगा पनि कालो हुन थालेको’ भनी घोचपेच गरेका छन्। यसको अर्थ नेतृत्वमा अझ लामो समयसम्म आफू नै कायम रहने संकेत हो। कतिपय नेतालाई त– दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण नगर्ने हो भने १५–२० बर्ष आफैं नेतृत्वमा रहने मात्र बताएका छैनन् खुला रुपमा प्रचण्डमाथि प्रहार गर्दै भनेका छन्– ३०–३२ बर्ष अध्यक्ष भएर पनि साथीहरूलाई किन नपुगेको हो?

प्रचण्डले राजनीतिक मियोँका रुपमा पार्टीको विधान, नियम र बैठकलाई आधार बनाई बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठको तत्कालिक साथ त पाएका छन् तर भरपर्दो छैन। त्यो गठजोडलाई भत्काउन ओलीले नेपाललगायतका नेतालाई अर्को हुन्डरीयुक्त प्रस्ताव फ्याँकेका छन्– महाधिवेशनबाट प्रधानमन्त्री या अध्यक्ष। प्रचण्डसँग रहेको पूर्वएमालेको कित्तालाई कमजोर बनाउन उनले अर्को सैद्धान्तिक र मार्गदर्शक सिद्धान्तको नेतृत्व ‘जनताको बहुदलीय जनवाद’को अचुक दबाबयुक्त हतियारको प्रयोग थालेका छन्

यसको अर्थ हो– नेकपाको नेतृत्व प्रचण्डलाई जिम्मा लगाउन सकिन्न। यसैको पृष्ठभूमीमा ओलीले प्रचण्डलाई घेराबन्दीमा पार्ने रणनीतिका अनेक अध्याय र अभ्यास जारी राखेका छन्।

प्रचण्डले राजनीतिक मियोँका रुपमा पार्टीको विधान, नियम र बैठकलाई आधार बनाई बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठको तत्कालिक साथ त पाएका छन् तर भरपर्दो छैन। त्यो गठजोडलाई भत्काउन ओलीले नेपाललगायतका नेतालाई अर्को हुन्डरीयुक्त प्रस्ताव फ्याँकेका छन्– महाधिवेशनबाट प्रधानमन्त्री या अध्यक्ष। प्रचण्डसँग रहेको पूर्वएमालेको कित्तालाई कमजोर बनाउन उनले अर्को सैद्धान्तिक र मार्गदर्शक सिद्धान्तको नेतृत्व ‘जनताको बहुदलीय जनवाद’को अचुक दबाबयुक्त हतियारको प्रयोग थालेका छन्।

त्यसका प्रमाण हुन् प्रदेश–१ का नेता कार्यकर्तासँग छलफल र काठमाडौंमा ईश्वर पोखरेलको सम्बोधन। पोखरेल पार्टीको स्कुल विभाग प्रमुख र ओलीका अति नै सहयोगी हुन्।

यो तत्कालिन एमाले महासचिव मदन भण्डारीले तयार पारेको राजनीतिक कार्यदिशा हो, जसलाई बहुसंख्यक पूर्वएमाले मात्र होइन, कम्युनिस्ट सदस्यले स्वीकार गरेका छन्। प्रचण्ड यसलाई मान्न तयार छैनन्। उनले जनताको जनवादलाई नेकपाको नयाँ सैद्धान्तिक लाइन मानेका छन्।

प्रदेश–१ का नेता कार्यकर्तासँग ओलीले भर्चुअल बैठक गरी जनताको बहुदलीय जनवादको दिशामा अघि बढ्नका लागि प्रेरित गरेका थिए। जुन प्रचण्डसँगको विवादको मूल चुरो मध्ये एउटा हो।

कार्यकारी अध्यक्षको भूमिका नै निर्वाह नगरेको भन्दै ओलीले स्थायी समितिको निर्णयअनुसार महाधिवेशनको तयारी समेत थालेका छन्। यसले स्पष्ट पार्छ– ओली पार्टीको काममा पनि सक्रिय भएका छन्। यहाँ पनि प्रचण्डलाई उनले घेराबन्दीमा पार्न थालिसकेका छन्।

ओलीसँग रुष्ट रहेका कतिपय नेताले सम्हालेका आयोग र विभागले पार्टी बैठकको माग गरिरहेका छन्। तर ओलीले सचिवालयले बनाएको कार्यदलका सदस्यलगायतसँग छलफल मात्र गरेका छैनन्, दोस्रो पुस्ताका नेतालाई अबको नेतृत्वमा आउन हौस्याएका छन्।

नेकपाको आन्तरिक विवाद चुलिरहेकै बेला सरकारका तर्फबाट ओलीले जनमत निर्माणका हेतु लोकप्रिय निर्णय गरी प्रचण्डले आलोचना गर्ने ‘स्पेश’ साँघुरो बनाउन थालेका छन्। यता भटाभट काम गर्ने, उता पार्टीमा पनि प्रचण्डलाई पेल्ने नीतिमा ओली अभ्यास निरन्तर चलिरहेको छ।