हनिमुनमा हट काजल

  • 8
    Shares

मुम्बई(एजेन्सी)– गत महिना अभिनेत्री काजल अग्रवालले व्यापारी गौतम किचलुसँग विवाह गरेकी थिइन् । विवाह पछि उनीहरुको एक पछि अर्को तस्बिर सामाजिक सन्जालमा भाइरल भए । यो जोडी हाल हनिमुनका लागि माल्दिभ्समा छ । त्यहाँको हनिमुनको दुई तस्बिर यतिबेला सामाजिक सन्जालमा चर्चामा छ । एक कटेज जस्तो देखिने समुन्द्री किनारमा काजल निकै हट लुक्समा देखिएकी छन् । अर्को तस्बिरमा उनी पति गौतमसँग रोमान्टिक देखिएकी छन् ।

तस्बिरसँगै गौतमले क्याप्सनमा ‘सबै आवश्यक सावधानी अपनाउदै दोस्रोपटक यात्रा गरियो, यसका लागि आफूलाई भाग्यमानी मान्दछु । विस्तारै विस्तारै हामी सामान्य अवस्थामा जाँदैछौं’ भनी लेखेका छन् ।

यसबाहेक काजलले आफ्नो इन्स्टाग्राम एकाउण्टमा केही तस्बिर राखेकी छन् । जसमा उनलाई रातो आउटफिटमा निकै सुन्दर देखिएको छ । तस्बिर हेर्दा पनि यो जोडी हनिमुन समयलाई कसरी मनाइरहेका छन् भन्ने कुरा प्रष्ट देख्न र बुझ्न सकिन्छ । यसअघि सामाजिक सन्जालमा काजलको करवा चौथवाला तस्बिर भाइरल भएको थियो । जसमा उनले रातो रंगको मास्क लगाएकी थिइन् ।

काजल दक्षिण भारतीय प्रख्यात अभिनेत्री हुन् । उनले सन् २००७ मा रिलिज फिल्म ‘लक्ष्मी कल्याणम’ बाट दक्षिण भारतीय फिल्ममा डेब्यू गरेकी थिइन् । सन् २००९ मा रिलिज फिल्म ‘मगधीरा’  पछि काजलले पछाडि फर्केर हेर्नुपरेन ।


  • 8
    Shares