पूर्वएमालेका चार नेतासँग नेकपा अध्यक्ष ओलीको छलफल

  •  
  •  
  •  
  •  
  • 34
  •  
    34
    Shares

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चार जना पूर्व एमालेका नेतासँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतार दिउँसो बालुवाटारमा पूर्व एमालेका नेता माधवकुमार नेपाल, स्थायी कमिटी सदस्यहरु, सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तसँग छलफल गरेका जनाइएको छ ।

नेकपामा पछिल्ला दिनमा पार्टीभित्रको विवाद बढ्दै गएपछि छलफलका लागि प्रधानमन्त्री ओलीले उनीहरुलाई बोलाएर छलफल गरेको जनाइएको छ ।

शनिबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालय समितिका ५ जना सदस्यले सचिवालय बैठकको माग गर्दै अध्यक्ष ओलीलाई लिखित पत्र दिएका थिए ।


  •  
  •  
  •  
  •  
  • 34
  •  
    34
    Shares