घोडाबाट लडे मुख्यमन्त्री, घाइते भएपछी हेलिकोप्टरमा उद्दार

हुम्ला – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही दुर्घटनामा परेका छन्। शाही हुम्लाको सिमिकोटमा घोडाबाट लडेर घाइते भएका छन्।

सिमिकोटमा रहेको जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा उनी घोडाबाट लडेका थिए। उनको टाउकोमा चोट लागेको छ।

शाहीलाई सिता एयरको हेलिकप्टरबाट सुर्खेत ल्याइदै छ।