प्रहरीका एउटा इमान्दार पूर्व अधिकारीको रमाउने तरिका

  • 69
    Shares

यी शव्द नीजि हुन्। यी उपमा मेरा नीजि हुन्। व्यक्तिमाथिको दृष्टिकोण विल्कुल नीजि हो।

त्यसैले यसमा कतिपयलाई व्याख्या गरेका शव्दले चित्त नबुझ्न सक्छ, कतिपयलाई साह्रै चित्त बुझ्ला। तैपनि यत्ति भन्छु– बिल्कुल अनुभव हो, बिल्कुल ब्लग हो। त्यसैले नीजि हो।

लगभग १३ बर्षअघि मैले पत्रकारिताका दौरानमा नै परिचय गरेको थिएँ– यादवराज खनालसँग।

त्यो स्वभाविक चिनजान थियो। उनी जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखका रुपमा थिए, प्रहरी उपरिक्षकको पदमा। म एउटा राष्ट्रिय दैनिक अखबारको जिल्ला रिपोर्टर।

त्यतिखेर जिल्लामा रहेका पत्रकारको दैनिकीजसो हुन्थ्यो प्रहरीलाई फोन गर्ने, अनि घटनालाई पुष्टि गराउने। खनाल यस अर्थमा निक्कै सहयोगी र प्रतिक्रियावादी थिए।

संविधानसभाको पहिलो निर्वाचनको माहौल थियो। मधेस आन्दोलनको एउटा ठूलै रन्को पनि चलिरहेको थियो। सम्भवतः त्यहि मौकामा खनाल जिल्ला प्रमुखका रुपमा पुगेका थिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीचाहिँ अलिक मधेसी समुदायको बाहुल्य भएको इनरुवा भन्ने ठाउँमा छ। त्यसैले त्यो बेला जिल्ला प्रहरी कार्यालयमा धेरैजसो घेराउ पनि हुन्थे।

फेरि त्यहाँको भावनात्मक चरित्र एउटा र व्यवाहारिक चरित्र अर्को छ समुदायमा। मधेस आन्दोलनको मेसोको बेला भएकाले प्रायः निक्कै क्रान्तिकारी कुरा गर्नेहरूको जमात बलियो थियो।

अर्को चुनौतिचाहिँ तराईका सशस्त्र समूहका नाममा हुने विविध प्रकारका गतिविधि थिए। जोखिम थियो तर जोखिमलाई सहजताका साथ सरलीकरण गर्ने बानी खनालमा थियो।

स्मरण गरी ल्याउँदा समयको चक्रमाथि अनेक प्रश्न हुन्छन्। राजनीतिक, भौगोलिक वा समुदायको विषयलाई एकातिर राख्दै खनालसँगका सामिप्यताका विषयमा कोर्ने जमर्को गर्छु।

एकाध पटक भन्दा उनीसँग मेरो भेट भएको छैन। चियाकफी पिउने र सल्लाह गरौं भन्ने प्रकारको त भेट अहिलेसम्म पनि भएको छैन। उनको र मेरो भेट भर्चुअल दुनियाँमा हुन्छ तर संवाद गहिरोगरी सम्भवतः भएको छैन।

उनलाई व्यवाहारिक हिसाबमा परिआएका दुखका खबर समाचारमा पढियो, भर्चुल माध्यले नै सहानुभूति दिने काम गरियो। तैपनि यी पूर्व प्रहरी अधिकारीको जीवनशैली र मेरो बुझाईको दायरामा ठूलो ग्याप नहोला जस्तो लाग्छ।

अचेल ‘टिकटक’मा रमाउँछन्। प्रहरी संगठनभित्र अन्यायमा पारिएका मध्ये खनाल पनि एक हुन्। सम्भवतः यीनको बढुवामा कैंची हान्ने तत्कालिन प्रमुख जो थिए, तिनलाई गतिलो कसैले भन्दैन।

पूर्व प्रहरी बरिष्ठ उपरिक्षकबाट सेवानिवृत्त भएका खनालको खुशी हुने तरिकासँग लोभ लाग्छ। मैपनि टिकटकमा बेलामौका रमाउने भएकाले, खनाललाई फलो गरेको छु।

मैले उनको व्यवाहारमाथि घोत्लिँदा पाउने परिणाम नै शालिनता हो– जसलाई मानव सभ्यतामा यो व्यवाहारलाई फूल भन्दा फरक पर्दैन। फूल कोमल हुन्छ। प्रिय हुन्छ। विझाउँदैन, उसले आफूलाई अरुको आकारमा सजाई दिन्छ

आखिर जीन्दगीको उत्तरार्ध भनेकै रमाउनका लागि हो। एउटा पेन्सनरको जीवन भनेकै खुशीसाथ अनुभवलाई स्मरण गर्ने र संगीतमा झुमेर बस्ने हो। खनालको टिकटकका लय कलात्मक छन्।

अभिनयमा पोख्तता वा निखारिएको नदेख्न सकिन्छ। तर उनको खुशी निखारिएको छ। उनले जुन भावमा लिइरहेका छन् मज्जा, त्यो निखारिएको पाउँछु।

उनलाई देख्दा वा उनको भिडिओ हेर्दा मलाई एउटा भनाईको व्यवाहारिक प्रयोग भएको भान हुन्छ।

अर्थात्, गुडबाई टेन्सन– हेल्लो पेन्सन !

खनालसँगको एउटा गज्जबको पाटो स्मरण छ, मलाई।

मैले चिनेको र मलाई चाँडो प्रतिक्रिया दिने ठूला प्रहरी अधिकारीका रुपमा खनाललाई लिएको थिएँ। उनीसँग परिचयको दायरा एउटा जिल्ला प्रमुख र पत्रकारको मात्र राखिनुहुन्न, त्यो सीमा अधिक बलियो हुनुपर्छ भन्ने लागेको थियो। खनाल सुनसरीबाट सरुवा भयो।

उनी मिशनमा सुडान पुगे। सुडानका कतिपय अनुभवका बारेमा प्रश्न गर्थें।

त्यसमा मलाई दुईवटा आनन्द अनुभूति हुन्थ्यो। एउटा खनालसँगको संवाद र प्रतिक्रियाको प्रहरको निरन्तरता। अर्कोचाहिँ जीवनमा ‘ठूलै’ मानिससँग कुरा गरिरहेको छु भन्ने अभिमान। यसलाई सकारात्मक शैलीमा सोचेर ‘आत्मरती’ भन्दा नि हुन्छ।

सामाजिक सञ्जालमा उनीसँग निरन्तर कुरा भइरहन्थ्यो, त्यहि बेला उनलाई मेरो प्रस्ताव थियो– त्यहाँको अनुभवका आधारमा एउटा आलेख तयार पार्नुस् न दाई?

अस्वभाविक केही छैन, मैले चिनेका, चिनजान गरेका र अधिकतम कुराकानी गर्ने प्रायः प्रहरी अधिकारीलाई दाई नै भन्छु– सम्बोधनका क्रममा। सर! भन्दाचाहिँ आफैं सिपाही पो हुँ कि भन्ने महसुस हुन्छ।

खनालले सुडानमा हुँदा नै आफ्ना अनुभवलाई सँगालेर मेरा आग्रहअनुसार केही सातामा एउटा आलेख पठाए। त्यो आलेखका विषयबस्तुको गहिराईलाई अहिले स्मरण गर्ने ताकत भएन। तर प्रसङ स्मरणीय छन्।

उनले सुडानमा अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन र हिलारी क्लिन्टनसँग गज्जबको भलाकुसारी गरेका रहेछन्। त्यो तस्बिर मैले प्राप्त गरेको थिएँ। जुन उनकै बारेमा त्यसबेला ‘राजधानी दैनिक’को शनिबारीय अंक ‘सौजन्य’मा पूरापृष्ठ आलेख प्रकाशित गरेको थिएँ।

खनालको भर्चुअल सक्रियता साह्रै गज्जब लाग्छ। त्यसैले त उनीसँगका पुराना प्रसङ्गवसका भेटहरू पनि ताजा हुन्छन्। जतिबेला अमेरिकामा बाराक ओबामा राष्ट्रपति भए र हिलारी विदेशमन्त्री त्यसबेला पनि खनालको त्यो तस्बिर सम्झिएको थिएँ।

सोच्ने गर्दथें– त्यति ठूला मानिसहरूसँग भेटेको मान्छे। तर भेटका बेलाको अनुभवलाई खनालले सुनाउँदा भनेका थिए– ति ठूला मानिसहरूमा पदको कुनै लालसा र लोभ। गरिसकेको काम र जिम्मेवारीको अहम् र अहंकार नहुँदो रहेछ।

‘सरलता, मृदुभाषीपन उनीहरूको गहनता रहेछ।’

वास्तवमा हो कि क्या हो– जस्तो लाग्नेगरीका जीवन देखिँदैछ। डोनल्ड ट्रम्प जस्तासँग चुनावी मैदानमा उनै हिलारी उत्रिन्, लोकप्रिय मत ल्याइन्। त्यहि पदमा फेरि फर्कने मनसाय छैन।

बाराक ओबामाको सरल व्यक्तित्व र कलेज पढाउनका निम्ति सक्रियता देखाएको समाचारले खनालले प्रयत्क्ष भेटेका व्यक्तित्वलाई पुष्टि गरिरहेको छ।

एउटा फौजी संगठनमा जीवनका धेरै समय बिताएर अनुभवको भकारी सम्हालेका खनाल वैयक्तिक रुपमा कस्ता छन् त्यो उनका ब्याचमेट, क्लासमेट र ग्लासमेटलाई थाहा होला।

तर जति देख्छु, जति मेरो बुझाईको सीमाले उनको व्यवाहारको आँकलन बनाउँछ, उनीप्रति धारणाको निर्माण गर्छ त्यो भनेकै शालिनता देख्छु।

मैले उनको व्यवाहारमाथि घोत्लिँदा पाउने परिणाम नै शालिनता हो– जसलाई मानव सभ्यतामा यो व्यवाहारलाई फूल भन्दा फरक पर्दैन। फूल कोमल हुन्छ। प्रिय हुन्छ। विझाउँदैन, उसले आफूलाई अरुको आकारमा सजाई दिन्छ।

खनाल दाई, मैले निर्माण गरेको उनीप्रतिको धारणालाई निरन्तर जोगाउने लयमा भेट्छु– भेटिरहेको छु।


  • 69
    Shares