जसको गीत ओबामालाई मनपर्छ

  • 3
    Shares

मुम्बई(एजेन्सी)– गत वर्षको डिसेम्बरमा प्रतीक कुहाड नयाँदिल्लीमा आफ्नो घरमा बसिरहेका थिए । त्यही समयमा उनको मोबाइलमा अचानक सयौं सन्देश आए । ‘के तिमीले यो हेरेका छौ, यो निकै ठूलो कुरा हो’ यस्तो सन्देश आउन थालेपछि उनी छक्क परे । ‘मैले केही सम्झिन सकिरहेको थिइनँ कि उनीहरु केबारेमा कुरा गरिरहेका छन्’, प्रतीक भन्छन् ।

तर केही समय पछि उनले अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाको मनपर्ने गीतको सूचीमा उनको एक गाना ‘कोल्ड मेस’ पनि रहेको स्मरण गरे । यो गीत अमेरिकाको चार्टबीट्समा पनि आएको थिएन । तर उनी ओबामाको ३५ मनपर्ने गीतको सूचीमा परिसकेका थिए । यो सूचीमा ब्रुस स्प्रिंग्सटीन, दबेबी, लिजो र बियोन्सेको गीत पनि छ ।कुहाडका अनुसार यो गीत बराक ओबामासम्म कसरी पुग्यो भन्ने उनलाई थाहा छैन । तर यो कुराले भने उनको करियरलाई ठूलो बढुवा गरिदियो । ‘यो निकै अनौठो कुरा थियो । यो सबै अचानक भयो’ उनी भन्छन् ।

प्रतीक भारतीय हुन्, तर सन् २०१६ मा पहिलोपटक रिलिज भएको यो गीत तडकभडकवाला बलिउड गीतभन्दा अलग छ । यो अंग्रेजी भाषामा छ र धेरै शान्त संगीतले बनाइएको छ । गीतमा दुई प्रेमीको कथा छ, जसको सम्बन्धमा टकराव छ, तर पनि यी दुई अलग्गिन सकेका छैनन् । प्रतीकले चार वर्ष अघि एक कन्सर्टमा यो गीत गाएका थिए । जुन गीतलाई दर्शकले निकै मनपराएका थिए । ‘त्यो शोमा कसैले पनि पहिला यो गीत सुनेको थिएन । त्यहाँ गाउँदा यो गीतलाई लिएर मैले जबरदस्त प्रतिक्रिया पाएँ । त्यही बेला यो गीत विशेष हुन्छ भन्ने मलाई लागेको थियो’, उनले भनेका छन् । यो गीतबाट प्रेरित भएर उनले अन्य ६ वटा गीत रेकर्ड गराएर एउटा एलबम तयार पारे । अन्य गीतको सम्बन्ध उनको पहिलो गीतसँग धेरै नजिक छ ।

ओबामाको मनपर्ने गीत आउनुअघि यो गीत भारतमा निकै रुचाइएको थियो । कतिपयका लागि चकित तुल्याउने कुरा पनि थियो । ‘भारतमा यो आम धारणा छ कि यहाँ सफल हुनका लागि हिन्दी गायक हुन जरुरी छ । अंग्रेजी गीतका साथ तपाईं नयाँदिल्ली र मुम्बईको एक सानो विशेष वर्गसम्ममात्र पहुँच बनाउन सक्नुहुन्छ, तर कोल्ड मेसले यो धारणालाई तोडिदियो’, उनले भनेका छन् । गत वर्षको अन्त्यमा नै प्रतीकले दिल्लीका गार्डन अफ फाइब सेन्सेजमा नौ हजार दर्शकको अगाडि यो गीत गाएका थिए । सन् २०११ मा उनको पहिलो गीत ‘समथिङ रङ’ रिलिज भएको आठ वर्षपछि उनको करियर विस्तारै विस्तारै सफलताको बाटोमा हिँड्दैछ ।

प्रतीक जयपुरमा जन्मिए र त्यही हुर्किए बढे । उनले ६ वर्षको उमेरमा गितार बजाउन शुरु गरे । तर सुरुवाती दिनमा उनलाई यो काम मनपरेन । ‘मैले गितार कक्षा ६ मा पढ्दा खेरी नै बजाउन छोडेको थिएँ किनकी त्यो काम निकै मुस्किल थियो । फेरी म हाइस्कुलमा पढ्दा गितार क्लास लिएँ, त्यसमा पनि फेल भएँ’ उनी भन्छन् । यद्यपि आफ्नो रुचीका कारण प्रतीक जहाँबाट पनि सम्भव भएसम्म संगीत सुन्ने र सिक्ने प्रयास गर्थे । उनको समयमा इन्टरनेट थिएन । त्यही समयमा उनकी बहिनीकी साथीले उनलाई संगीत सिक्न सहयोग गरिन् । ‘उनी बेङलोरमा बस्थिइन्, जो आफैंमा एक ठूलो सहर हो । उनी त्यहाँबाट मेरो बहिनीलाई गीतको क्यासेट पठाउथिइन् । त्यही समयमा मैले क्यासेटका माध्यमबाट धेरै लोकप्रिय गीत सुनें’, उनी सुनाउछन् ।

सन् २००८ मा प्रतिक न्यूर्योक युनिभर्सिटीको कलेज अफ आर्टस् एण्ड साइन्समा भर्ना भए र गणित, अर्थशास्त्रमा संयुक्त डिग्री लिए । उनी फाइनान्सको क्षेत्रमा काम गर्न चाहन्थे । तर अमेरिकामा रहँदा उनले एलिअट स्मिथ, लोरा मार्लिङ र निक ड्रेक जस्ता गायक तथा गीतकारसँग भेट्ने मौका पाए र उनको संगीत यात्रा पुनः शुरु भयो । उनले पुनः गीतार बजाउन, गीत लेख्न र लाइभ प्रस्तुति दिन शुरु गरे । यति हुँदाहुँदै पनि प्रतीक संगीतमा करियर बनाउनका लागि सही निर्णय लिन सक्ने अवस्थामा थिएनन् । ‘संगीत कहिल्यै पनि मेरा लागि करियरको विकल्प या गम्भीरतापूर्वक काम गर्ने माध्यम हुन सक्दैन थियो’, उनी भन्छन् ।  यसपछि उनले कन्सल्टेन्टको रुपमा काम शुरु गरे । तर केही महिनापछि उनले आफूलाई यो कामका लागि उपयुक्र्त नभएको महशुस गरे ।

‘केही पनि ठिक थिएन । म आफैं शंका थिएँ । त्यही बेला मेरो हृदयबाट ‘समथिङ रङ’ गीत निस्कियो’, उनी भन्छन् । जागिर छोडेपछि यो गीत उनको पहिलो आफ्नो गीत थियो । त्यसपछि उनी फर्किएर नयाँदिल्ली नै आए । यो गीत दर्शकले मनपराउदैनन् भन्नेमा उनी ढुक्क थिएन किनकी गीत लापरवाहीपूर्ण किसिमले लेखिएको थियो र त्यसको निर्माण औषत थियो । उनले सन् २०१३ मा ‘रात राजी’ गीत ल्याएइ । निकै गम्भीर किसिमको यो हिन्दी गीतले उनलाई पहिचान दिलायो ।

संगीत उद्योगका दिग्गज जेफ भास्करको एक सल्लाहले उनलाई सही बाटो समातिदियो । जेफले भारतमा एक मास्टर क्लास लिइरहँदा प्रतीकको गीत सुनेका थिए ।  उनले प्रतीकको संगीतमा थप मेलोडी चाहिने सुझाए ।

–बीबीसी


  • 3
    Shares