आफ्नै ‘नियतका भोगी’ एसएसपी दिवेश लोहनी कसरी भए पीडित?

  • 57
    Shares

एउटा भनाई छ– जब प्रहरी अधिकारी औपचारिक परिचय माग्दा दिन मान्दैन, तिनीहरू प्रकारान्तरले भ्रष्ट आचरणका हिमायती हुन्छन्। मानिस भ्रष्ट हुनका लागि हरेक ठाउँमा सोही आचरण देखाउन आवश्यक छैन। तर एउटै नीजि स्वार्थको पुलिन्दामा उभिँदा उसको नुर गिरीसकेको हुन्छ। प्रहरीमा यस्ता पात्र छन्। नुर गिरीसकेपछि अरुलाई दोष दिने।

यस विषयमा चर्चा हुनेछ।

३३ किलो सुन तस्करी प्रकरणमा मारिएको सनम शाक्य र योजनाकार चुडामणि उप्रेती गोरेको सम्बन्ध कस्तो थियो एकतिर होला। तर यो प्रकरणले सतहमा ल्यायो ३८ क्विन्टल सुन ड्याम कि ड्याम तस्करी भएको रिपोर्ट।

‘चेन अफ कमाण्ड’मा चल्ने नेपाल प्रहरी राजनीतिक दलदेखि दलाल र पूजीँपति तथा व्यापारीको ईशारामा चल्दै आएको युगौं भइसक्यो।

नेतृत्व तहमा पुगेका संगठनका सदस्यले आफ्नोे कुर्ची जोगाउन तथा आफ्नो विरोधी, प्रतिस्पर्धीलाई तह लगाउन राजनीतिक दलदेखि दलाल र पूँजीपतिको शरणमा पर्ने परिपाटीले प्रहरी संगठन कमजोर हुँदै गएको जग जाहेर नै छ ।

सनम शाक्य हराएको तथा अपहरण परेको उजुर बाजुर महानगरीय प्रहरीमा कतै परेको थिएन । अपराध महाशाखाको काम भनेको उपत्यकामा घटेको घटनाको अनुसन्धान तथा रोकथाम हो । तर एक नम्बर प्रदेशमा प्रहरी नै नभएको झैं  गोरेलाई पक्राउ गर्न अपराध महाशाखाबाट टिम खटियो । प्रहरीको सेटिङमा गोरे शबको व्यवस्थापन गर्न खोज्दै थिए भने महाशाखा गोरेको ईन्काउन्टर

जति नै दूधले नुहाएको कुरा गर्ने नेपाल प्रहरी संगठनका सदस्यहरू पनि सरुवा–बढुवा सम्मको लागि दल देखि दलालसम्मका ढोका चाहार्दै आएका उदाहरण कम्ता छन् र!

कुन जिल्लामा कुन प्रहरी नायव उपरिक्षक (डिएसपी) र प्रहरी उपरिक्षक (एसपी)को सरुवा तथा कुन प्रदेशका कुन डिआईजीको सरुवा कुन दलको नेताको सिफासिर वा दलालको सिफारिस हो भन्ने कुरा प्रहरी संगठनप्रति चासो राख्ने हर व्यक्तिले प्रस्ट बुझ्ने कुरा हुन् ।

नेताका सिफारिस नहुँदा दलको ढोका नचाहार्दा तथा दलालको वरीपरी नघुम्दा प्रहरी नायव महानिरिक्षक (डिआईजी) उत्तम सुवेदी बढुवाको सूचीमा पछाडि परे । नेपाल प्रहरीको भावी प्रहरी महानिरिक्षक (आईजी)का रुपमा विगतदेखि हेरिएका सुवेदी अब एआईजी बन्न पनि उनलाई गाह्रो छ ।

व्याच मेट्समा उनी ८ नम्बरका डिआईजी हुन् । नेपाल प्रहरीको सेवा प्रवेशदेखि नै डिआईजी सुवेदी, धीरजप्रताप सिंह र दिवेश लोहनी मध्ये एक जनालाई भावी आईजीका रुपमा हेरिएको थियो । सुवेदी बढुवामा पछाडि परे, ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या काण्डले लोहनीको बढुवामै ब्रेक लाग्यो । सिंह आफ्नोे व्याचमा तीन नम्बरमा छन् ।

शक्ति केन्द्रको पहुँचमा हाईजम्म हानेर विश्वराज पोखरेल अरु भन्दा ८ महिना अगाडि डिआईजी भए । हाईजम्पको चिरफार कुनै अंकमा गरौंला।

चितवन, काभ्रे, अपराध महाशाखामा उत्कृष्ट कार्य गरेपछि दोस्रो बढुवामा सहकुल थापाले लङ जम्म हाने । अब यस व्याचबाट पोखरेल, थापा र सिंहबीच आईजीका लागि प्रतिस्पर्धा हुनेछ ।

एस अंकमा भावी आईजीका रुपमा हेरिएका तथा नेपाल प्रहरीमा व्यावसायीक छवी बनाउन सफल भएका एसएसपी दिवेश लोहनी ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या काण्डमा कसरी फँसे या फँसाईयो भन्ने कुराको चिरफार गरौं।

एसएसपी लोहनीलाई नेपाल प्रहरी संगठनमा एक निडर व्यावसायीक प्रहरी अधिकृतका रुपमा लिईन्छ । ३३ किलो सुन काण्डमा उनलाई जबरजस्ती फसाईएको समाचारहरू बाहिरिँदै आएका छन् । आर्थिकको मामालामा उनलाई कसैले आक्षेप लगाउने ठाँउ छैन । यस्ता कुरामा उनी किलियर छन्, संगठनका हर सदस्यको भनाई छ ।

तर प्रश्न ३३ किलो सुन र सनम हत्या काण्डसँग जोडिन्छ। अनुत्तरित प्रश्नहरू के हुन्?

३३ किलो सुनकाण्ड सँग जोडिएको सनम शाक्य हत्या प्रकरणका ‘कोभर्ट अप्रेशन’मा उनी र उनको टिम कहाँ र कसरी चुके भन्ने कुरा हर सदस्यको खोजीनीतिको बिषय छ । के नेतृत्वको कमजोरीको कारणले एसएसपी लोहनीको करिअरमा बे्रक लागेको हो त? यो स्वभाविक प्रश्न बन्छ।

सई सञ्जेलको बोलावटी मामा–भान्जाको सम्बन्ध भएको पुष्टी घटनाक्रमले देखाई सकेको छ । व्यक्तिको हत्या गरेर एक बाहलवाला प्रहरीलाई शवको व्यवथापन गर्नका लागि आदेश दिने हत्याराको आँटले सम्बन्धको गहिराई मापन हुन्छ

तत्कालिन प्रहरी नेतृत्व प्रकाश अर्यालयको पालामा सुरु भएको ३३ किलो सुन र सुनसँग जोडिएको शाक्य हत्या काण्डको छानबिन गृह मन्त्रालयले सुरु गर्यो । तर यस काण्डमा मुछिएकाले दोष नेतृत्वको थाप्लोमा हाल्दै आफू पानी माथिको ओभानो बन्न खोजेको जस्तो देखिन्छ । दोष पनि अर्यालपछि र्आइजी बनेका सर्वेन्द्र खनाललाई?

जतिखेर खनालले आईजीको फूली लगाए त्यसबेला उक्त काण्डको अनुसन्धानले बाटो लिई सकेको थियो । ३३ किलो सुन कहाँ गयो? कसले छिरायो? सुन काण्डका नाईके चुडामणि उप्रेती उर्फ गोरेसँग क–कसले कमिशन खान्थे? यी प्रसङहरू पनि आउनेछन् अनेक अंकमा। तर अहिले लोहनी केन्द्रित बनौं।

एसएसपी लोहनी र उनको टिमको चिनजान गोरेसँग घटना अगाडि थियो कि थिएन भन्ने मूल प्रश्न बन्छ।

तत्कालिन समयमा अपराध महाशाखाकै भनाईलाई अध्यन गर्ने हो भने, महाशाखालाई सूचना आयो, मोरङतिर एउटा समूहले एक व्यक्तिको हत्या गरेर शव गाडीमा बोकेर यताउता गरी रहेको छ।

घटना सुनसरी तिरको थियो । अथवा एक नम्बर प्रदेशको । सनम शाक्य हराएको तथा अपहरण परेको उजुर बाजुर महानगरीय प्रहरीमा कतै परेको थिएन । अपराध महाशाखाको काम भनेको उपत्यकामा घटेको घटनाको अनुसन्धान तथा रोकथाम हो । तर एक नम्बर प्रदेशमा प्रहरी नै नभएको झैं  गोरेलाई पक्राउ गर्न अपराध महाशाखाबाट टिम खटियो । प्रहरीको सेटिङमा गोरे शबको व्यवस्थापन गर्न खोज्दै थिए भने महाशाखा गोरेको ईन्काउन्टर ।

यी कुराहरू तत्कालिन समयमा सार्वजनिक भएको फोन र भिडिओ रेकर्डबाट पुष्टि भईसकेको छ । गोरेले सनम शाक्यको अपहरणपछि करेन्ट लगाएर हत्या गरेको त भिडिओ नै आयो।

गोरेलाई फकाएर ईन्काउन्टर गर्न खोजेको जस्तो आशय पनि त्यतीबेला सार्वजनिक भएको फोन रेकर्डबाट बुझ्न सकिन्छ । त्यसो त गोरे किन कलकत्ता भाग्यो? भन्ने प्रश्नको सेरोफेरोले पनि धेरै चिजलाई संकेत गरेकै थियो।

महाशाखाका तत्कालिन एसएसपी लोहनीले तत्कालिन कार्यवाहक आईजीको जिम्मेवारी पाएका एआईजी बमबहादुर भण्डारीलाई गरेको रिपोर्टिङले पनि गोरे ईन्काउन्टरको ग्रिन सिंगनल पाएको छ । तर लोहनीको अण्डरकभर अप्रेशनलाई चक्मा दिई गोरे फरार भईसकेपछि पनि गोरेलाई मुद्दाबाट किन उम्काईयो भन्ने प्रश्न गहन र मिहिन छैन?

अण्डरकभर अप्रेशनको टिममा खटिएका अथवा पहिलो सूचना पाएका सई बालकृष्ण सञ्जेलले गोरेको श्रीमतीलाई दिएको आश्वासन र मुद्दाको थप अनुसन्धानले पुष्टि गर्छ ।

सञ्जेलले गोरे काबुमा नपरेपछि भनेको छ, ‘भान्जी (गोरेको श्रीमती) हामीले हाम्रो तर्फबाट भान्जालाई बचाई दिएका छौं । सर (डिएसपी प्रजित केसी) म सँगै छौ, भान्जा आएको भए अझ राम्रो हुन्थ्यो, हाम्रो तर्फबाट पूर्ण सहयोग छ, तर ति पक्राउ परेका मान्छेले नाम पोल्दे भने हाम्रो केही लाग्दैन । भान्जालाई त्यही भनिदिनू ।’

शव प्रहरीले बरामद गरी घटनास्थल मुचुल्का गरी जिल्ला प्रहरी कार्यालय मोरङलाई प्रतिवेदनसहित घटनामा संलग्नग दुई व्यक्ति र शव बुझाई सकेपछिको कल रेकर्डमा उल्लेख भएका कुरा हुन् यी ।

३३ किलो सुन काण्डलाई यहिले थाँतिमा राखौं।

शनम शाक्य हत्या घटनाका मुख्य नाईके गोरे भन्ने सबै प्रमाणबाट पुष्टि भई सकेपछि गोरेलाई फरार प्रतिवादी कायम नगरी सार्वजनिक गरिएको प्रेस रिलिज र घटनास्थल प्रतिवेदनमा घोत्लिँदा गोरेलाई नियोजित रुपमै बचाउन खोजेको देखिन्छ । जुन आश्वासन फोनमा सञ्जेलले दिन्छन् मुद्दाको थप अनुसन्धान पनि सोही अनुरुप हुन्छ ।  के मुख्य अभियुक्तलाई बचाउनु ‘अण्डरकभर अप्रेशन’ हो?

गोेरेको अपराध नै लुकाउने कस्तो अप्रेशन थियो? भोलीका दिनमा गोेरे पक्राउ परे कसरी मुद्दा चल्छ? गोरेको श्रीमतीलाई भने बमोजिम मुद्दाको प्रतिवेदन तयार पार्ने, अपराधीलाई उम्काउने काममा आफू सक्रिय हुने अनि दोष प्रहरी नेतृत्वलाई?

थुनामा रहेका अन्य प्रतिवादीले गृहमन्त्रालयमा तीन पेज लामो घटनाको विवरणसहित उजुरी नगरेको भए गोरेले यतिखेर सुनको हात्ती नै विमानस्थलबाट छिराई सक्थ्यो होला।

३३ किलो सुन तस्करी प्रकरणमा अपराध महाशाखाको तत्कालिन प्रमुख लोहनी र फिल कमाण्डर प्रजीत केसीसँग शाक्य हत्या अगाडि चिनजान छ भनेर म भन्न सक्दिनँ । तर सई सञ्जेलको बोलावटी मामा–भान्जाको सम्बन्ध भएको पुष्टी घटनाक्रमले देखाई सकेको छ । व्यक्तिको हत्या गरेर एक बाहलवाला प्रहरीलाई शवको व्यवथापन गर्नका लागि आदेश दिने हत्याराको आँटले सम्बन्धको गहिराई मापन हुन्छ।


  • 57
    Shares