प्रचण्डले बोलाएको सचिवालय बैठकमा ओली नजाने

  • 14
    Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । उक्त बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने स्रोतले जनाएको छ ।

अध्यक्ष दाहालले धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

स्रोतका अनुसार बैठक बोलाउन विषयमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरे पनि सहमति नभएपछि दाहालले बैठब बोलाएको जनाइएको छ ।


  • 14
    Shares