शान्तिका लागि सेक्सः एउटी राजनीतिज्ञ जसले खुंखार शासक र आतंकवादीलाई सम्भोगको प्रस्ताव गरिन्

काठमाडौं– जुन बेला गल्फमा भयंकर युद्धको अवस्था थियो युरोपमा शान्तिको कामना गर्ने एक राजनीतिज्ञका अनौठा आयामहरू देखिन्थे। उनका प्रस्तावहरूले दुनियाँ हल्लाएका थिए। चर्चा चलिरहेका थिए।

इलोना स्टेलर इटालियन राजनीतिज्ञ हुन्। उनको राजनीति र जावानीका दौरानका कथाहरू निक्कै रोचक छन्।

इलोना हंगेरीमा जन्मिएकी थिइन्। उनका बुवा लास्ज्यो स्टेलरले उनी सानै हुँदा परिवार त्याग गरे। उनी आफ्नी आमाको पालनपोषणमा हुर्किएकी थिइन्। सौतेनी बुवा हंगेरीका ‘इन्टेरिअर मन्त्री’ थिए।

सन् १९६४ मा उनी हंगेरी न्युज एजेन्सीका निम्ति मोडलका रुपमा काम गर्न थालिन्। जुनबेला उनी होटलमा काम गर्थिन् त्यसबेला एउटा बुढा इटालियन साल्भाटोरे मार्टिनीसँग भेट भयो। २५ बर्षको उमेरमा रहेकी उनले ति बुढा इटालियनसँग पछि बिहे पनि गरिन्।

जब बिहेपछि इटाली पुगिन् उनले पोर्नोग्राफर रिकार्डो स्चीचीलाई भेटिन्, सन् १९७०मा। १९७३ को सुरुआतमा उनले ‘भोउलेज भोउस काउचर अभेक मोई’ नामको रेडियो शो सुरु गरिन्, रेडियो लुनामा। त्यहि कार्यक्रमबाट उनले सिक्सिियोलिना नाम राखिन्। उनले सन् १९७५ मा फिल्म निर्माण गरिन्। उनको डेब्युट थियो, ला लिसियाले फिल्म। सन् १९७८ मा उनका स्तनहरू टेलिभिजनमा लाइभ देखिए आरएआई शोमा।

उनी प्लेब्वाई म्यागेजिनका लागि पनि नग्न भइन्। ति विभिन्न अंकहरूमा उनका तस्बिर छापिए। उनको पहिलो प्लेब्वाई तस्बिर सन् १९८८ मा अर्जेन्टिनामा भयो। सन् १९९० मा अमेरिका, २००५ मा हंगेरी, सर्वियामा र मेक्सिकोमा उनका नग्न तस्बिर भएका कभर प्रकाशित भए

सन् १९८३ मा उनले अति नै हार्ड पोर्न फिल्ममा अभिनय गरिन् जसको नाम थियो ‘टेलिफोनो रोस्सो’। जसलाई रातो टेलिफोन भनी बुझिन्छ। उनले पोर्नोग्राफर स्चीचीको कम्पनी डिभा फुटुरामार्फत पोर्न फिल्म निर्माणमा हात हालिन्। यी सबै उनको ‘इरोटिक कन्फेसनन्स अफ सीक्सिीओलिना पुस्तकमा उललेख छन्। जुन मिलानको ओलम्पिया प्रेसले सन् १९८७ मा प्रकाशित गरेको थियो।

उनी प्लेब्वाई म्यागेजिनका लागि पनि नग्न भइन्। ति विभिन्न अंकहरूमा उनका तस्बिर छापिए। उनको पहिलो प्लेब्वाई तस्बिर सन् १९८८ मा अर्जेन्टिनामा भयो। सन् १९९० मा अमेरिका, २००५ मा हंगेरी, सर्वियामा र मेक्सिकोमा उनका नग्न तस्बिर भएका कभर प्रकाशित भए।

सन् १९७९ मा स्टेलर इटालीको संसदमा ग्रिन पार्टीका तर्फबाट सांसद भइन्। १९८५ मा उनी न्युक्लियरविरुद्ध र मानवताका लागि आन्दोलनमा लागिन्। उनी सन् १९८७ मा इटालीको संसदमा २० हजार मतले बिजेता भएर प्रतिनिधित्व गर्न पुगिन्।

जब गल्फमा युद्ध चलिरहेको थियो उनले शान्तिका निम्ति तत्कालिन इराकी शासक सद्दाम हुसैनलाई ‘सेक्स’को लागि अफर गरिन्। उनको माग शान्ति थियो त्यसका लागि सद्दामसँग सम्भोग गर्ने प्रस्ताव उनैको थियो। उनी सन् १९९१ मा भने पुननिर्वाचित भइनन्।

१९९१ मा उनले अर्को इटालियन राजनीतिक सक्रियता बढाइन् जसलाई ‘पार्टीटो डेल एमोर अर्थात् पार्टी अफ लभ’ भनियो। उनका पोर्नस्टार साथी मोआना पोज्जीको सहयोग थियो, त्यसबेला।

उनी हंगेरीका लागि पनि राजनीति गरिन्। सन् २००३ मा इटालीको स्थानीय चुनावमा क्यासिनो र जुवाविरोधी अभियानमा स्थानीय चुनावको मैदानमा उत्रिन्। सन् २००४ मा उनी मिलान सहरको मेयरको दौडमा भइन्। २००२ मा उनले फेरि सद्दाम हुसैनलाई सेक्सका लागि अफिर गरिन्। यस पटक भने ठूलो परिमाणमा सर्वसाधारणमाथि हतियार प्रयोगका निम्ति इराक अन्तर्राष्ट्रिय मुलुकको दबाबमा थियो।

आतंकवाद अन्त्य र शान्तिका निम्ति उनका यस्ता अफर आइरहन्थे। सन् २००६ मा उनले शान्तिका लागि आफू सम्भोग गर्न तयार रहेको भनी ओशामा बिन लादेनलाई अफर गरिन्।

सन् २०१२ मा उनले ‘डेमोक्रेसी, नेचर एन्ड लभ (डिएनए)पार्टी स्थापना गरिन्।     यसपटक उनको एजेन्डा समलिंगी बिवाहको थियो। रोमको प्रशासकका निम्ति सन् २०१३ मा उनी प्रत्यासी भइन् ।

(एजेन्सीहरूको सहयोगमा)