कोरोना संक्रमित हाँस्य कलाकार गजुरेलको अवस्था गम्भिर, आइसीयुमा उपचार हुँदै

  • 160
    Shares

काठमाडौं– कोरोना संक्रमण पुष्टि भएका कमेडियन मनोज गजुरेलको अवस्था गम्भिर भएपछि अस्पतालको आइसीयुमा भर्ना गरिएको छ।

१० कात्तिकमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएका उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।

थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको बताइएको छ। संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो।

आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट गजुरेलले सार्वजनिक गरेका थिए।


  • 160
    Shares