भारतीय मोडल पुनम पाण्डे पक्राउ

  • 30
    Shares

मुम्बई(एजेन्सी)– भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डे पक्राउ परेकी छन् । हालैमात्र उनले गोवामा एक भिडियो सुट गरेकी थिइन् । त्यही भिडियो सुटका आधारमा उनीमाथि एफआईआर दर्ता भएको थियो । एफआईआरमा भिडियोमा अश्लिलताले सीमा नाघेको कुरा भनिएको छ । त्यहीकारण गोवा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गोवाका एसपीले यो मामलामा पुनमसँग सोधपुछ गरिने बताए । पुनममाथि गोवामा अश्लिल भिडियो सुट गरेको आरोप छ । त्यहीकारण कैनाकोना प्रहरी चौकीमा पुनमको विरुद्ध एफआईआर दर्ता भएको थियो । उनलाई गोवाको अगौडास्थित नामी रिसोर्टबाट पक्राउ गरिएको थियो ।

गोवा फरवार्ड पार्टीको महिला समूहले पुनमका विरुद्ध एफआईआर दर्ता गराएको थियो । समूहले पुनमले गोवा सरकारको जल संसाधन विभागको सम्पत्तिमा एक पोर्न फोटोसुट गराएको आरोप लगाएको छ । त्यस्तै एक अज्ञात व्यक्तिका विरुद्ध भारतीय दण्ड संहितको धारा २ सय ९४ (अश्लीलता)को दफा अनुसार अश्लील भिडियो सुट गर्नाले पनि एफआईआर दर्ता गरिएको हो ।

पुनमको एक भिडियो क्लिप भाइरल भएपछि राज्यका सीएम प्रमोद सावन्त र भिडियोका लागि अनुमति दिने प्रहरी अधिकारीका विरुद्ध विरोध प्रदर्शन हुने तयारी थियो । तर यो हुन नदिनका लागि प्रहरीले पुनमलाई पक्राउ गर्यो ।


  • 30
    Shares