भारतीय सेना प्रमुख नरवणे–प्रधानसेनापति थापा भेटवार्ता, स्वास्थ्य उपकरण हस्तान्तरण

  • 25
    Shares

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच विहीबार भेटवार्ता भएको छ।

सेनाको जंगी अड्डा पुगेका नरवणे र प्रधानसेनापति थापाबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तारका विषयमा वार्ता भएको थियो।

भारत सरकारको तर्फबाट जनरल नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आईसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसिया मेसिन, ल्याब उपकरण, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका छन् । कोभिड–१९ महामारी विरुद्धको लडाइमा अझ सघाउ पु¥याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहारस्वरुप प्रदान गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

तीन दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका नरवणेले काठमाडौंको टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा (शहीद स्मारक) माल्यार्पण गरेका थिए।


  • 25
    Shares