अनपढ भ्रष्टाचारी बन्दै अभिषेक


मुम्बई(एजेन्सी)– पछिल्लो केही समयदेखि बलिउड अभिनेता अभिषेक बच्चन लगातार स्क्रिनमा सक्रिय छन् । यिनै अभिनेता अब चाँडै नै अनपढ र भ्रष्ट नेताको भूमिकामा देखिँदैछन् । हाल नाम सार्वजनिक नगरिएको एक फिल्ममा अभिषेक भ्रष्ट नेताका रुपमा देखिन लागेका हुन् ।

समाचार अनुसार यो फिल्म एक मुख्यमन्त्रीको वरीपरी घुम्नेछ । जेलबाट एसएससीको परीक्षा पास गर्ने प्रयास गर्ने एक मुख्यमन्त्रीको कथा फिल्ममा देखाइनेछ । उनले काम शिक्षित हुनका लागि नभई जेलमा रहेका श्रमिकलाई सिध्याउनका लागि गर्छन् ।

अभिषेकले यसअघि फिल्म ‘युवा’मा राजनीतिक कार्यकर्ताको भूमिका निभाइसकेका छन् । लल्लन नामको यो भूमिका निकै रुचाइएको थियो । जसमा उनी अनपढ र गुण्डा थिए । त्यस्तै फिल्म ‘पा’मा अभिषेक नेता थिए । तर यसमा भ्रष्टाचारी थिएनन् ।