विश्वमा कोरोनाः एकै दिन ५ लाख ६८ नयाँ संक्रमित, ९ हजार भन्दा बढीको मृत्यु


काठमाडौं – विश्वभर एकै दिन ५ लाख ६८ हजार भन्दा नयाँ संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार विश्वमा बढ्दो क्रममा रहेको कोरोना भाइरसको संक्रमणबाट एकै दिन ५ लाख ६८ हजार ८ सय ८ नयाँ संक्रमित थपिएका छन् भने ९ हजार ५४ जनाको मृत्यु भएको छ ।

यससँगै हालसम्म विश्वभर संक्रमितको संख्या ४ करोड ८४ लाख १२ हजार ८७ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ लाख ३० हजार १ सय १ पुगेको छ ।

युरोपेली मुलुकहरुमा बढ्दै गएको संक्रमित संख्या पछिल्ला दिनमा अमेरिकी मुलुकहरुमा पनि बढ्दै गएको छ । विश्वकै सबैभन्दा संक्रमित र मृतक रहेको अमेरिकामा एकै दिनमा १ लाख ६ हजार भन्दा बढी संक्रमित थपिएका छन् भने १ हजार १ सय ९२ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालको छिमेकी भारतमा एकै दिन ५० हजार बढी संक्रमित थपिएका छन् भने ७ सय ४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै फ्रान्समा ४० हजार ५ सय ५८ नयाँ संक्रमित थपिएका छन् । इटालीमा ३० हजार ५ सय ५० नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म विश्वभर ३ करोड ४६ लाख ६५ हजार २ सय २२ जना कोरोना मुक्त भइसकेको तथ्यांक सार्वजनिक भइरहँदा भारतमा सबैभन्दा धेरै संक्रमित निको भएका छन् । भारतमा संक्रमित रहेका ८३ लाख मध्ये ७७ लाखभन्दा धेरै मानिस कोरोनामुक्त भइसकेका छन् ।

सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा भने ६२ लाख ९१ हजार मात्र संक्रमण मुक्त भएका छन् । त्यस्तै ब्राजिलमा हालसम्म ५० लाख भन्दा बढी संक्रमण मुक्त भएका छन् ।