सभामुख सापकोटाका पिए र क्याम्पस प्रमुखबीच हानाहान

  • 72
    Shares

कञ्चपुर– प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाका नीजि सचिव(पिए) नवराज ऐर र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका केन्द्रीय क्याम्पस प्रमुख भुपेन्द्र बिष्टबीच बुधबार राती मादक पदार्थ सेवन गरेपछि हात हालाहाल भएको छ।

महेन्द्रनगरको होटल मेघामा राती ९ बजे भएको कुटाकुटमा एक जनाको हातको औंला काटिएको छ भने अर्काको कानमा दुई टाँका लाग्नेगरीको चोट लागेको छ।

क्याम्पस प्रमुख विष्टको औंला काटिएको र ऐरको कानमा दुईवटा टाँका लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) अमरबहादुर थापाले जानकारी दिए।

हानाहान हुनुपर्ने कारणबारे खुल्न नसकेको बताइन्छ। सभामुखका पिएसँग प्राध्यापकहरू होटल मेघामा बसी अबेरसम्म मादक पदार्थ सेवन गरेका थिए। होटल सञ्चालकले खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो।

महाकाली अस्पतालमा उपचारपछि दुबैजनालाई आ–आफ्नो घर पठाइएको छ भने बिहीबार बिहान जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ। घटनाको कारण र विषयबारे बिहीबार नै छलफल हुने प्रहरीले जनाएको छ।


  • 72
    Shares