हो, संसार जित्नेसँग हारेको मान्छे म !

  •  
  •  
  •  
  •  
  •  
  • 271
  •  
    271
    Shares

दिनहरू चल्दै थियो, देशमा कोरोनाको महामारीले उग्ररुप लिँदै थियो । त्यसै रफ्तारभित्र म पनि आफ्नो कार्यालय जाने आउने गरेको थिएँ, अफिसमा सुरक्षित रुपमा काम गरिरहेको थिएँ । सम्पुर्ण सुरक्षा मापदण्ड प्रयोग भैरहेको थियो र म पनि त्यस्को पालना गर्दै पनि थिएँ तर ‘हुने हार दैब नटार’ जस्तै भयो मेरो जीन्दगीको रफ्तारमा एक्कासी ‘ब्रेक’ लागे जस्तो भयो । संसारका करोडौं संक्रमितहरुको सूचीमा एक नम्बर थप्न पुगें, कोरोना भाइरसको ‘पोजेटिभ’ रिपोर्ट लिएर ।

कहाँबाट संक्रमण भएँ आजको दिनसम्म पनि थाहा छैन । जीवनमा म एक दुःखित भोगाइ भोग्न पुगेँ, जुन संक्रमणले मेरो जीवनमा नै कालोबादल लागी छाड्यो । आजसम्म नभोगेको पीडा भोग्न बाध्य भएँ ।

शरीरमा संक्रमण दिनभन्दा दिन बढ्दै गयो, शरीर शिथिल हुन पुग्यो । आँखा रसाउन थाले, नाक बन्द भयो, खाने कुराको स्वाद हराउँदै गयो । अनि शरीरले आफ्नो गति लिन छाड्यो केही खान पनि मन भएन, अनि मेरो दुःखमा यसरी झन्–झन् पीडा महशुस हुन थाल्यो । जतिपटक खानाको गाँस मुखमा लग्थे त्यती नै पटक काँध गल्थ्यो । घाँटीबाट खानाको गास निल्न नसकेर आँखाबाट आँसु आउने थियो ।

यसरी कुनै पनि औषधि समेत नभएको र औषधि नै नबनेको भाइरसविरुद्ध ३४ दिन लड्नुप¥यो । यो नै मेरो लागि निकै कष्टका दिनहरु हुन पुगे । कोरोना कुनै मजाकको रोग होइन । यो ज्यान लिने एक खतरनाक भाइरस हो । यसको कतिसम्म शरीरमा गाल्ने र कुन हदसम्मको भाइरस प्रवेश गरेको हुन्छ । त्यसैअनुसारको मानिसमा असर देखिँदो रहेछ ।

संक्रमणका यी ३४ दिनमा मैले आफ्नो शरीरको ७ किलो तौल गुमाएँ, ऐनामा अनुहार हेर्छु, डर लाग्छ, म नै त हुँ भन्ने प्रति प्रश्न गर्न मन लाग्छ, तर यथार्थ त्यही हो, जुन म ३४ दिन अघि थिएँ, र अहिले छु ।

यदि कोरोना भाइरस केही होइन, भन्ने हो भने मेरो ३४ दिनको आइसोलेसन बसाईमा मैले भोगेका दुःखद पीडाको पल मेरो जीवनको अन्तिमसम्म भुल्न सक्दिनँ ।

अफिसको सहयोग, आफन्त घर परिवारको मायाले गर्दा आज म सबैको अगाडि हुनसक्ने अवस्थामा पुगेको छु । आजको दिनमा पनि मेरो शरीरले मलाई गति दिन सकेको छैन । हुन त, कोही चारै दिनमा निको भए, कोही हप्तामा, कोहि १४–१५ दिनमा तर म महिना नै कटाएपछि मात्र संक्रमणमुक्त त भएँ तर निको हुन निकै समय लाग्ने अनुमान गरेको छु । संक्रमणपछिको १४ दिनपछि गरिएको परिक्षणमा पुनः पोजेटिभ देखिएको रिपोर्ट हातमा लिँदा मन एक हिसाबले भक्कानियो, विगत ८ महिनादेखि टाढिएको परिवार पुनः झन् टाढिए जस्तो भयो ।

त्यसपछिको पाँचौं दिनमा दोस्रोपटक पनि पुनः पोजेटिभ देखिएपछि मलाई अत्यन्तै पीडा भयो । परिवारसँग टाढिएको म जीवन देखि नै टाढिन खोजे जस्तो अनुभूति भयो । लाग्यो, अब त परिवारसँग भेट हुन पनि यत्तिकै पो हो कि जस्तो लाग्यो, तर मेरो स्वास्थ्यलाभको कामना गर्दै आफन्तबाट गरिएका प्रार्थना, परिवारजनको माया एवं सहकर्मीहरुको सहयोगका कारण पुनः यस जीवनलाई अगाडि सार्ने मेसोमा उभिन लागेको छु ।

त्यसैले कृपया कोरोना केही होइन नभन्नुहोला यो त यस्तो शक्ति हो, जसबाट विकसित राष्ट्रहरु नै हारिसकेका छन् आफ्नो सुरक्षा आँफै गर्नु, सामाजिक दूरी कायम गर्नु र कोरोनालाई बुभ्mने कोशिश गर्नुहोला । मेरो भोगाई अनि अनुरोध हजुरहरु माझ ।


  •  
  •  
  •  
  •  
  •  
  • 271
  •  
    271
    Shares