बुलिङटार पहिरोमा परेका ५ जनाको मृत्यु, सबैको शव निकालियो (अपडेट)

नवलपुर – कालीगण्डकी करिडोरको नवलपुर खण्डअन्र्तगतको बुलिङटार गाउँपालिकाको खसुवाढिकमा गएको पहिरोमा गएर ५ जनाको मृत्यु भएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गतको सडक खण्ड निर्माणका क्रममा ग्याबिनमा ढुङ्गा भर्दै गर्दा माथिबाट सुख्खा पहिरो खस्दा ७ जना पुरिएका थिए ।

पुरिएकामध्ये २ जनाको घाइते अवस्थामा उद्धार गरिएको थियो भने बाँकी पाँच जनाको मृत्यु भएको र उनीहरू सबैको शव निकालि सकिएको स्थानीय उज्ज्वल ओझाले बताए । उनीहरुको उद्धार कार्यका लागि स्थानीय र प्रहरीको टोली खटिएको थियो ।

बुधबार साढे चार बजेतिर भएको घटनामा परि ज्यान गुमाएका पाँचै जना बुलिङटार वडा नं. ५ स्थित ढुंग्रे भन्ने स्थानका रहेको जनाइएको छ ।