बुलिङटारस्थित खसुवाको ढिकमा ७ मजदुर पुरिए, १ को शव निकालियो, २ घाइते, अन्यको खोजी कार्य जारी

  •  
  •  
  •  
  •  
  • 158
  •  
    158
    Shares

नवलपुर – कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत मजदूर पहिरामा पुरिएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका वडा नम्बर ३ स्थित खसुवाको ढीक भन्ने स्थानमा कालीगण्डकी करिडोर निर्माणमा खटिएका मजदूर पुरिएका हुन् ।

बुधबार साढे चार बजेतिर भएको घटनामा पुरिएका मध्ये २ जनाको उद्धार गरिएको छ भने अन्य ५ जना मध्ये १ को शव निकालिएको छ भने अन्यको खोजी कार्य जारी रहेको गाउँपालिकाका सूचना अधिकृत सागर भट्टराईले अनलाइनन्यूज7 लाइ बताए । पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

भट्टराईका अनुसार सो खण्डमा कार्यरत मजदूर ग्याबिनमा ढुङ्गा भर्दै गर्दा माथिबाट खसेको सुख्खा पहिराले पुरिएका हुन् । पुरिएका पाँचै जना बुलिङटार गाउँपालिका वडा नं. ४ अर्खला ढुंग्रेभन्ने स्थानका मजुदर रहेको पनि भट्टराईले जनाए ।

उक्त पहिरोमा परेकाको स्थानीय जनता, प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको जनाइएको छ । अहिले घटनास्थलमा गाउँपालिका प्रमुख शशीकिरण बस्ताकोटीलगायतका जनप्रतिनिधिका साथै स्थानीयको उपस्थिति रहेको पनि भट्टराईले बताए ।


  •  
  •  
  •  
  •  
  • 158
  •  
    158
    Shares